MENU

कोभिड प्रभावित भिक्टोरियाका नेपालीहरुलाई राज्य सरकारबाट ५० हजार डलर अनुदान

Nepalese Community Organisation in Victoria

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले कोभिड प्रभावित भिक्टोरियाका नेपाली समूदायलाई ५० हजार डलर अनुदान दिने भएको छ ।

कोभिड—१९ राहत कार्यदल (भिक्टोरियन नेपाली कम्यूनिटी कोभिड-१९ रिलिफ टास्कफोर्स) का लागि अनुदान रकम स्वीकृत भएको गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले जानकारी दिए ।

कार्यदलमा महावाणिज्य दुतावास भिक्टोरिया, गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसन र अन्य संघ संस्थाहरु रहेका छन् ।

स्वीकृत रकम गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको खातामा आएपछि टास्कफोर्स कार्यदलमा रहेका सस्थाहरुसंँग समन्वयन गरी राहातका लागि निवेदन दिएकाहरुलाई केही हप्ताभित्रै खाद्यान्न प्रदान गरिने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले नेप्लिज अस्ट्रेलियनलाइ बताए ।

अनुदान रकमले कोभिड प्रभावित नेपाली समूदायको अनुहारमा खुसी ल्याउने भन्दै राहत वितरण कार्यमा संलग्न स्वयंसेवक तथा भिक्टोरिया सरकारलाई अध्यक्ष कंडेलले धन्यवाद दिए ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको दोस्रो वेभका कारण धेरै नेपाली विद्यार्थी र अस्थाई भिसा भएका हुरु नराम्रो गरी प्रभावित भएका छन् ।