सिड्नी । दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा रहेको वाटामोला (लगून) दहमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको निधन भएको छ ।
४ जनवरी सोमबार अपरान्ह पाँचबजे भएको उक्त दुःखद घटनामा सचेत बिमलीको निधन भएको हो ।
सदरल्याण्ड प्रहरीलाई उदृत गर्दै स्थानिय संचार माध्यमहरुले जनाए अनुसार सात मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट डाइभ गर्ने क्रममा उक्त दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार करिव ६ बजेर २० मिनेट जाँदा नेपाली युवाकाे शरिर पानीबाट निकालिएकाे थियाे ।
उद्धारको लागि वेस्ट प्याक हेलिकप्टर पनि प्रयोग भएको थियो । नेपाली युवा सँगै पाैडी खेल्दा डुबेकी महिलाकाे भने अहिले अस्पतालमा उपचार भैरहेकाे छ ।
नेपालको मोरङ घर भएका स्वर्गिय बिमली डेढ बर्ष अघि उच्चशिक्षा अध्ययनको लागि अस्ट्रेलिया आएका थिए । उनी दिदी सँगै सिड्नीको अवर्नमा बस्थे ।
अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्