MENU

पाैडी खेल्ने क्रममा डुबेर सिड्नीमा नेपाली विद्यार्थीको निधन

A Nepalese international student has drowned at Wattamolla Lagoon in the Royal National Park south of Sydney PictureTAMARA-DEAN.
A Nepalese international student has drowned at Wattamolla Lagoon in the Royal National Park south of Sydney PictureTAMARA-DEAN.

सिड्नी ।  दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा रहेको वाटामोला (लगून) दहमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको निधन भएको छ ।

४ जनवरी सोमबार अपरान्ह पाँचबजे भएको उक्त दुःखद घटनामा सचेत बिमलीको निधन भएको हो ।

सदरल्याण्ड प्रहरीलाई उदृत गर्दै स्थानिय संचार माध्यमहरुले जनाए अनुसार सात मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट डाइभ गर्ने क्रममा उक्त दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार  करिव ६ बजेर २० मिनेट जाँदा नेपाली युवाकाे शरिर पानीबाट निकालिएकाे थियाे ।

उद्धारको लागि वेस्ट प्याक हेलिकप्टर पनि प्रयोग भएको थियो । नेपाली युवा सँगै पाैडी खेल्दा डुबेकी महिलाकाे भने अहिले अस्पतालमा उपचार भैरहेकाे छ ।

नेपालको मोरङ घर भएका स्वर्गिय बिमली डेढ बर्ष अघि उच्चशिक्षा अध्ययनको लागि अस्ट्रेलिया आएका थिए । उनी दिदी सँगै सिड्नीको अवर्नमा बस्थे ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्