MENU

अस्ट्रेलियाको सिमा प्रतिवन्ध र बिद्यार्थी आगमन बारे भ्रम नफैलाउन ‘एका’ को ध्यानाकर्षण

Nepalese International Student in Australia

सिड्नी ।  अस्ट्रेलियामा सक्रिय शैक्षिक परामर्श ब्यवसायिहरुको साझा संस्था एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका)  ले अस्ट्रेलियाको सिमा प्रतिवन्ध र बिद्यार्थी आगमन बारे नेपालका केहि संचार माध्यमहरुले भ्रम फैलाएको बारेमा ध्यानाकर्षण भएको बताएको छ।

संस्थाले मंगलबार एक बिज्ञप्ती जारी गर्दै त्यस्ता भ्रामक तथा आधारविहिन समाचारको पछि नलाग्न बिद्यार्थी तथा अभिभावकहरुलाई अनुरोध गरेको छ ।

संस्थाका अध्यक्ष भुपाल सिटौलाद्धारा जारी गरेको बिज्ञप्तीमा भनिएको छ, “अस्ट्रेलियाको केन्द्रिय सरकारको आधिकारीक निर्णय बमोजिम अस्ट्रेलिया प्रवेशमा रोक बिषेश परिस्थीती बाहेक यही आउदो सन् २०२१ को जुन १७ सम्मका लागि मात्र रहेको छ । यस बाहेक अस्ट्रेलिया प्रवेश र आगमनका सम्वन्धमा सरकारको अर्को कुनै निर्णय बाहिर आएको देखिदैन ।”

Australian Education Consultants Alliance (AECA) President Bhupal Sitoula
Australian Education Consultants Alliance (AECA) President Bhupal Sitoula

केहि अनलाइन संचार माध्यमहरुले सन २०२४ सम्म अस्ट्रेलियन बोर्डर नखुल्ने र विध्यार्थी आगमनमा समेत रोक लाग्ने जस्ता समाचार सार्वजनिक गरेका थिए । जसले गर्दा बिद्यार्थी तथा अभिभावकमा अन्यौलता छाएको एकाको बिज्ञप्तीमा उल्लेख छ ।

कोरोनाको मारवाट प्रभावित बिश्व बिस्तारै सहज अवस्थामा जाँदैगर्दा अस्ट्रेलियाले पनि आफ्नो दरिलो आर्थिक श्रोतका रुपमा रहेको शैक्षिक उद्योगलाई सहजगती अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको बिज्ञप्तीमा उल्लेख छ ।

यसैबिच अस्ट्रेलियाका प्रमुख राज्यहरु एनएसडब्लु र भिक्टोरियाले केन्द्रिय सरकारलाई राज्यको स्वास्थ नीति बमोजिम क्वारेन्टाइनको अनिवार्य शर्त सहित अन्तराष्ट्र्रिय विध्यार्थी ल्याउनका लागि विशेष आग्रह समेत गरिरहेको र केन्द्रिय सरकार यसमा लचिलो बन्दै गएको परिस्थीतीमा बिना कुनै आधार प्रमाण अस्ट्रेलिया प्रवेशमा रोक लाग्न सक्ने जस्ता समाचारले विध्यार्थी र अभिभावक मात्र नभइ यस शैक्षिक उद्योगमा समेत प्रभाव पर्ने एकाले जनाएको छ।

यही १३ अप्रीलमा सेभेन न्युज अस्ट्रेलियाले प्रशारण गरेको सामाग्रीमा सामान्य जनजिवनमा फर्कन अस्ट्रेलियालाई सन २०२४ सम्म लाग्न सक्ने बिशेषज्ञहरुको चेतावनी शिर्षकको समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई अपब्याख्या गरेर सन २०२४ सम्म अस्ट्रेलिया विध्यार्थीहरुका लागि नखुल्ने मनशायको समाचार नेपाली संचार माध्यममा आउनुलाइ एकाले खेदपुर्ण भनेको छ ।

अस्ट्रेलियाले आफ्नो जनजीवन सामान्य बनाउने क्रममा यही सोमबार १९ अप्रिलदेखी बीना क्वारेन्टाईन न्युजिल्याण्ड संग सीमाना खुला गरीसकेको छ ।