MENU

अस्ट्रेलियामा ७० हजार डलरको जागिर त्यागेसँगै सुवासको चम्किएको भाग्य

Chhatra Shankar
Editor at Nepalese Australian

करिव दशबर्ष हस्पिटालिटी क्षेत्रमा काम गरेपछि सुवासको जीवनमा नयाँ मोड आयो । जसले उनको इच्छा अनुसारको अस्ट्रेलियन आर्मीमा जाने अवसर मिल्यो ।

Australian Army Subwash Giri

काठमाडौंका सुवास गिरी ३२, साथीभाईको लहड्मै सन् २००८ मा अस्ट्रेलिया आए । भर्खर जुगाँको रेखी बस्न थालेका सुवास अस्ट्रेलिया आउदा १९ बर्षका मात्र थिए । काठमाडौंबाट उड्नुअघि अस्ट्रेलियामा अध्ययन गरेर यही नै गर्छु भन्ने गिरीकाे नत कुनै सपाना थियो नत योजना नै ।

उनले साथीहरुकै कुरा सुने र साथीहरुकै साथ लागेर अस्ट्रेलिया आईपुगे । पढ्न चाहेको अकाउन्टेन्ट तर, कल्सल्टेन्सीले हाल्दीएछ हस्पिटालिटी । आफ्नो रोजाईको बिषय नपरेको कुरा त्यति बेला मात्र थाहा पाए जव उनी कलेज जान थाले ।

अस्ट्रेलिया ओर्लिएको केही हप्तापछि ठूला गगन चुम्मी भवन सितल समुन्द्र अनि अस्ट्रेलियाको जिन्दगीमा सुवासको दैनिकी शुरु हुन थाल्यो । नाम जस्तै उनी सानैदेखि मिलनसार, सहयोगी र मेहनती थिए । शुरुवातका दिनमा त उनले किचन हल्याण्डको काम पाए र काम सिक्दै गए । पछि उनी आफ्नो मेहनतले रेष्टुरेण्टको हेड सेफसम्म भएर काम गरे ।

कसरी शुरु भयो अस्ट्रेलियन आर्मीको यात्रा

फौजी पृष्ठभूमीमा हुर्किएका सुवास सानैदेखि भन्ने गर्थे कि म आर्मी बन्छु कित ट्रक ड्राईभर । उनी त्यही बाल्यकालको सपनालाई साकार पार्न कस्सिएर लागे । समाजिक संजालमा सक्रिय सुवास नयाँ नयाँ बिषयमा रुची राख्थे । नयाँ जागिरका लागि भौतारि रहेका सुवासले अस्ट्रेलियन आर्मीमा जाने निधो गरे ।

उनले अस्ट्रेलियन डिफेन्स जव डटकम डट एयूबाट एप्लाई गरे र त्यसपछि उनले आर्मीमा जान चाहिने योग्यताहरु बढाउन थाले । विश्व विद्यालयमा ट्रेड सम्बन्धी बिषयमा भर्ना भए । उनले कोर्ष सकेपछि फेरी जागिरको लागि फोन गरे उनलाई अस्ट्रेलियन आर्मीबाट जागिरको अफर आयो । आर्मीमा भर्ना हुनुे सबै प्रक्रियामा पास भएपछि सुवास अस्ट्रेलियन आर्मी भए ।

हाल आर्मीको ईन्जिनियरङि विभागमा कार्यरत सुवास भन्छन, “यदी तपाईहरु कोही आर्मीमा आउनु ईन्छुक हुनुहुन्छ भने मेरो अनुभव साट्न समय दिनेछु ।” हाल उनी रोयल अस्ट्रेलियन ईन्जिनियरिङ रेजिमेन्ट होल्सवर्थी ब्यारेकमा कार्यरत छन् ।

सुवासको विगत

आफुले काम गरेको रेष्टुरेण्टले नै स्पोन्सर गरिदिएपछि उनले पीआर पनि पाए । करिव दशबर्ष हस्पिटालिटी क्षेत्रमा काम गरेपछि, अधिकाशं नेपालीहरुले सोच्ने सपना जस्तै पीआर अनि घर पनि भएकै थियो सुवासको ।

उ वेला बर्षको ७० हजार डलर आम्दानी चानचुने कुरा थिएन् । तर सुवासलाई लाग्न थाल्यो पैसा मात्र सबथोक होईन । उनी सोच्न थाले दश बर्ष मैले किचनमा काम गरेर खाखिर के पाँए त ? नत किचनको चौघेराबाट बाहिर निस्कन सके नत मैले सुनाउन लायक कुनै काम नै गर्न सके । उनी आफ्नो कामको समिक्षा गर्न थाले ।

कर्मभूमीको देशले मलाई धेरै दिईसक्यो तर मैले केही दिन सकिन भन्दै हुँदा छदाँको जागिर छाडेर नयाँ करियरको खोजिमा होमिए सुवास ।

आकर्षक अस्ट्रेलियन आर्मी

आर्मीमा प्रवेश पछि सुवासको जिन्दगीले काचुली फेर्यो । उनी भन्छन,  “अस्ट्रेलियन आर्मीमा जस्तो सेवा सुविधा विश्वमा कहि पनि छैन होला । सेवा सुविधाको त कुरौ नगरौ उनीहरुले क्षमता बिकासको लागि मात्र एउटा ब्यक्तिमा लाखौ डलर खर्च गर्छन । खान, बस्न, लाउन देखि लिएर पढ्न सवै उनीहरुले नै खर्च गर्छन । टिम वर्क र रेस्पेक्ट अस्ट्रेलिया आर्मीमा लोभलाग्दो नै छ ।”

अस्ट्रेलियाको सैन्य सेवामा सिपाई देखि मेजर पदसम्म नेपालीहरु पुगेका छन् । समान योग्यता र अनुभवका आधारमा वाहिर काम गर्नेले भन्दा सैन्य क्षेत्रमा काम गर्नेको कमाई आर्कषक छ । साथमा निशुल्क स्वास्थ्य सेवा, आकर्षक सुपर र तालिम त छदैछ ।

अर्कोतिर आम अस्ट्रेलियन नागरिक सैनिक व्यक्ति र परिवारलाई धेरै सम्मानको नजरले हेर्ने गर्छन् ।

अस्ट्रेलियन आर्मीमा प्रवेश गर्न वा अन्य राजगारीको लागि यो लिंकमा जानुहोस् ।
https://www.defencejobs.gov.au/

याे पनि पढ्नुहाेस् ।

दोस्रो विश्वयुद्धमा अस्ट्रेलियन फौजले उद्धार गरेका युद्धबन्दी बलबहादुर बस्नेतको बयान