MENU

बिग बास खेल्न अष्ट्रेलिया उडे सन्दीप लामिछाने; १४ दिन क्वारेन्टिनमा बस्ने

Nepali leg-spinner Sandip Lamichhane left Nepal for playing in the Big Bash League (BBL) in Australia
Nepali leg-spinner Sandip Lamichhane left Nepal for playing in the Big Bash League (BBL) in Australia

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलियाका लागि उडेका छन्। उनी तेस्रोपटक बिग बास खेल्न कतार एअरवेजको उडानमार्फत अष्ट्रेलिया आउन लागेका  हुन्।

लामिछाने बुधबार अस्ट्रेलियाको एडिलेड पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले बताए। बिग बास भने गत बिहीबारदेखि नै शुरू भइसकेको छ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरूआती ६ खेल गुमाउनेछन्। यसपटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन्।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए। उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए।

उनी आबद्ध होबार्ट हुरिकेन्सले मंगलबार आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेलेको थियो । होबार्ट हुरिकेन्स यसअघिका दुई खेलमा विजयी भएको थियो।

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट हुरिकेन्स सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। उनी हाल कोरोनामुक्त भइसकेका छन्।

बीबीएलमा मेलबर्न स्टार्स, होबर्ट हुरिकेन्स, सिड्नी सिक्सर्स, मेलबर्न रेनेग्डेस, सिड्नी ठन्डर्स, ब्रिसबन हिट, एडलेड स्ट्राइकर र पर्थ स्कुर्चस गरी आठ टिमको सहभागी छन्।

याे पनि पढ्नुहाेस् ।

ओसिनिया नेपाली स्पोर्ट्स मिटको अध्यक्षमा आशिस सापकोटा; पाँचौं टुर्नामेन्ट सन् २०२२ मा हुने