MENU

नेपालीको बाक्लो बसोबास रहेको सिड्नीको कम्बरल्याण्ड र ब्ल्याकटाउन स्थानिय निकायहरूमा प्रतिबन्धहरु थपिए

पश्चिम सिड्नीको कम्बरल्याण्ड र ब्ल्याकटाउन स्थानिय निकायहरुलाई राज्यका अन्य सहरहरुसँग “लक आउट” गरिएको छ ।

Residents of Fairfield, Canterbury-Bankstown, Liverpool, Cumberland and Blacktown are now not allowed to leave their areas unless they are health workers or on a list of authorised workers.
Residents of Fairfield, Canterbury-Bankstown, Liverpool, Cumberland and Blacktown are now not allowed to leave their areas unless they are health workers or on a list of authorised workers.

सिड्नी । न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसको संक्रमितहरुको संख्यामा उल्लेख्य बृदिृसँगै केही प्रतिबन्धहरु थपिएको छ ।

पश्चिम सिड्नीको कम्बरल्याण्ड र ब्ल्याकटाउन स्थानिय निकायहरुलाई राज्यका अन्य सहरहरुसँग “लक आउट” गरिएको छ । यी स्थानिय निकायका धेरै सबअर्वहरुमा नेपाली समुदायको बाक्लो बासोबास रहेको छ ।

शुक्रबार सिड्नीमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले यी दुई निकायका बासिन्दाहरुलाई अत्याबश्यक बाहेक घर बाहिर जान प्रतिबन्ध लागईएको जानकारी दिएकी थिइन । राज्यको क्राइसिस क्याबिनेट बिहिबार बसेको बैठकले लक आउटको निर्णय गरेको प्रिमियरले जानकारी दिइन ।

स्वास्थ्य, बृद्ध तथा असक्तता स्याहार, अत्यावश्यक र आकस्मिक सेवामा कार्यरत कर्मचारिहरुलाई भने यो नियम लागुहुँदैन ।

यसैबीच न्यु साउथ वेल्स राज्यमा एक सय ३६ जना नयाँ संक्रमितहरु थपिएका छन् भने ८९ बर्षिय एक पुरुषको निधन भएको छ । रज्यमा बिगत २४ घण्टामा ८७ हजार जनाले कोरोनाको परिक्षण गरेका थिए ।

रज्यमा क्यान्टबोरी ब्याङ्सटाउन, लिभरपुल र फेयरफिल्ड काउन्सिलहरु जारी गरिएको कडा लकडाउन कायमै रहने बताईएको छ ।

राज्य सरकारले जारी गरेकाे प्रतिबन्धहरू र जानकारीहरूको लागि तलको लिंकमा जानुहाेस् ।

काेभिड -१९ डिजास्टर पेमेन्ट
२०२१ काेभिड- १९ सर्पाेट प्याकेज
काेराेना भाइरससँग सम्बन्धित अनुवादित स्राेतहरू

याे पनि पढ्नुहाेस् । 

कोरोनाको महामारीमा अस्ट्रेलियामा फस्टाएको डोटेली युवाहरुको “इभजोन”