MENU

न्यु साउथ वेल्समा स्न्याप लकडाउन; प्रतिबन्धहरूमा थप कडाई

Greater Sydney COVID-19 lockdown expanded
The entire state of New South Wales entered a snap lockdown on Saturday afternoon 14 August 2021.

सिड्नी । न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसको संक्रमित संख्या बढेसँगै सम्पूर्ण राज्यभारी स्न्याप लकडाउन भएको छ ।

शनिबार अपरान्ह पाँचबजे देखि बृहत सिड्नी, रिजनल र रिमोट न्यु साउथ वेल्समा एक हप्ताको लागि लकडाउन घोषणा गरिएको छ ।

शनिबार अपरान्ह सामाजिक संजाल मार्फत डेपुटी प्रिमियर जोन बारिलारोले एक हप्ते स्न्याप लकडाउन घोषण गरेका थिए । डेपुटी प्रिमियर जोन बारिलारोले भने, “राज्यमा एकै दिनमा चरा सय ६६ जना नयाँ संक्रमित र चारजानाको निधन भए पछि थप प्रतिबन्धहरु जारी गरएको छ ।”

घरमै बस्नु पर्ने स्वास्थ्य सम्बन्धी आदेशका कारण राज्यका आठ मिलियन जनताहरु अहिले घर भित्रै लकडाउनमा छन् ।

यसैबीच शनिबार बिहान आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै्र राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लीयनले यो महामारी सुरु भए देखिकै सबै भन्दा चिन्ताजनक दिन भएको बताएकी छन्।

न्यु साउथ वेल्समा प्रतिबन्धहरूमा थप कडाई

सङ्क्रमण बढ्न नदिन भन्दै न्यु साउथ वेल्समा प्रतिबन्धहरूमा थप कड़ाई गरिने भएको छ। जस अन्तर्गत जरिवानामा वृद्धि साथै यात्रा गर्न पाउने दुरीलाई पनि १० किलो मिटर बाट घटाएर ५ किलोमिटर बनाइएको छ।

सम्पूर्ण बृहद सिड्नी भरि घरबाट ५ किलोमिटरको दुरीमा मात्र यात्रा गर्न पाइने भएको छ भने सार्वजनिक स्वास्थ्य निर्देशनलाई उल्लङ्घन गर्नेहरूलाई ५,००० डलर जरिवाना तिराइने भएको छ।

बृहद सिड्नीबाट बाहिर जानका लागि यात्रा छुटको लागी आवेदन हाल्नु पर्ने हुन्छ।

एक्लै बस्नेहरूले भेट्न अर्को एक व्यक्तिलाई भेट्न पाउने व्यवस्था सिङ्गल बबलका लागि याे लिंकमा रजिस्टर गर्नु पर्ने हुन्छ।

यसैबीच सोमबार देखि राज्यमा पाँच सय जना सेनाहरु परिचालन हुने भएका छन् ।

याे पनि पढाै

अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबारदेखि एक हप्ता लकडाउन