MENU

अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबारदेखि एक हप्ता लकडाउन


क्यानबेरा। अस्ट्रेलियाको राजधानी क्यानबेरामा अगष्ट १२ बिहीबार बेलुका ५ बजेदेखि एक साता लामो लकडाउन जारी भएको छ।

राज्यका चार जनामा सामुदायिक स्तरमा संकृमण फैलिएपछि राज्यका मुख्य मन्त्री एन्ड्रु बारले एक हप्ताको लागि स्न्याप लकडाउन घोषणा गरेका थिए ।

लकडाउन अवधिभर अत्यावश्यक सामान खरिद गर्न, भ्याक्सिन लगाउन, हेल्थकेयर सम्बन्धि काम, घरबाट गर्न नसकिने अत्यावश्यक कार्यालयको कामका लागि बाहिर निस्कन सकिनेछ।

त्यसैगरी शारीरिक अभ्यासका लागि एक घण्टासम्म मात्र बाहिर रहने अनुमति हुनेछ। रिटेल बन्द रहनेछन् भने हस्पिटालिटी क्षेत्रमा टेक अवे सेवाका लागि मात्र अनुमति हुनेछ।

झण्डै एक बर्ष पछि राज्यमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो ।

याे पनि पढ्नुहाेस् ।

डेभनपोर्ट र बर्निमा  तिजको  कार्यक्रम गरिदै