MENU

एनआरएनए अस्ट्रेलियाको त्रैमासिक आय-ब्यय सार्वजनिक; खातामा कति छ ब्यालेन्स ?

सिड्नी । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले त्रैमासिक आय-व्यय विवरण सार्वजनिक गरेको छ । संघको त्रैमासिक आय १ लाख ५ सय ८३ डलर रहेको छ जसमध्ये ३४ हजार ८ सय ९२ डलर समुदायमा आधारित संस्थाहरु, २१ हजार डलर सरकारी एजेन्सी तथा २० हजार डलर कर्पोरेट क्षेत्रले गरेको सहयोग रहेको छ ।

गोफण्ड अभियानमार्फत व्यक्तिगत तवरबाट १२ हजार डलर र सोही मात्राको रकम आयोजित विभिन्न कार्यक्रमहरुबाट संकलन भएको जनाइएको छ । संस्थाले जनाए अनुसार कुल ७९ हजार ८ सय ९२ डलर खर्च भएको तथा २० हजार ६ सय ९१ डलर बचत भएको छ ।

साथै बचत भएको रकम कोभिडको लागि राहत र उपचार अभियानमा प्रयोग भइरहेको छ । सन् २०२० जुन ३० तारिखसम्मको ब्यालेन्स सिट अनुसार २ लाख ९९ हजार ७ सय ३१ डलर बैंक बचत रहेको तथा आम्दानी र खर्च प्रत्येक चौथाई अनुसार फरक पर्ने संघले जनाएको छ ।

एनआरएन अस्ट्रेलियाले विभिन्न संस्थाहरुसंगको सहकार्यमा कोराना भाइरसको महमारी सुरुवात भएसंगै खाद्यान्न राहत कार्यक्रम संचालन गरेको थियो र त्यसका लागि संघले २० हजार डलर निकाशा गरेको थियो ।

सो कार्यक्रम संचालनका लागि ७० वटा भन्दा बढि सामुदायिक संस्थाहरुले करिब ३४ हजार ८ सय ९२ डलर सहयोग गरेका थियो भने सरकारी एजेन्सीले २१ हजार डलर सहयोग गरेको थियो ।

“राज्य र संघीय सरकारको स्रोतहरुमा हाम्रो पहुँच बढाउनु पर्छ” कोषाध्यक्षः अनिल पोखरेल

गैर आवासिय नेपाली संघ अस्ट्रेलिया कोषाध्यक्षः अनिल पोखरेल

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले कोभिड १९ ले अक्रान्त यो समयमा संघले ल्याएका प्रोजेक्टहरुमा स्वस्फूर्त रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सामूदायीक संघ सस्था र सामाजिक अभियान्ताहरुलाई एनआरएनए अस्ट्रेलियाको तर्फवाट कृपज्ञता ज्ञापन गरेका छन् ।

“यो कार्यकाल चुनौतीका बीच रहको छ । पूर्वाद्धमा आगलागीको आकस्मिकता र अहिले कोभिडको सन्त्राले धेरै कठीन परिस्थिती सिर्जना भएको छ ।”  पोखरेलले भने, “एनआरएनए अस्ट्रेलियालाई यो परिस्थितिमा आर्थिक रुपमा दिगो कसरी बनाउने भन्ने विषमा हामी गम्भिर छौं । नेपाली डास्यस्पराको बढ्दो जनसंख्या, समस्याको पुलिन्दा बढ्दै गर्दा यहाँको राज्य र संघीय सरकारको स्रोतहरुमा हाम्रो पहुँच कसरी बृद्धी गर्न सकिन्छ भन्ने बिषयमा लागि परेका छौ । यतिमात्र होईन हाम्रो डेनेशनलाई अझ ब्यवस्थित र ट्याक्स डिडक्टेवल बनाउने प्रक्रियामा गृहकार्य पनि गरिहरेका छौं । सस्थागत सुधार, पारदर्शिता र जनमानसलाई सहि सूचना प्रवाह गर्नुपर्छ भन्ने बिषयमा पनि हामी प्रतिवद्ध छौं ।”