MENU

न्यु साउथ वेल्समा ८ जनामा ओमिक्रन भेरिएन्ट संक्रमण

Omicron variant of COVID-19
सिड्नी । न्यु साउथ वेल्समा ८ जनामा ओमिक्रन भेरिएन्ट संक्रमण भएको पुष्टी भएको छ ।

बुधवार न्यु साउथ वेल्स हेल्थले एक बिज्ञप्ति जारी गर्दै नोभेम्बर २८ मा सिङगापुर एअरलायन्सको फ्लाइट एसक्यु २३१ बाट आएका सबै यात्रुरहरुलाई तत्काल कोभिडको पिसिआर परिक्षण गर्न अनुरोध गरेको छ ।

दक्षिण अफ्रिकी आठ देशहरुबाट आएका सबै यात्रुहरुले राज्य सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर क्वारिन्टिनमा बस्न भनिएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगरे पाँच हजार सम्म जरिमाना

न्यु साउथ वेल्स राज्य सरकारले क्वारेन्टिन वा परीक्षण सम्बन्धी नियमहरू उल्लङ्घन गर्ने मानिसहरूलाई जनही ५,००० डलरसम्मको जरिमाना गराउने घोषणा गरेको छ ।

यसअघि, उक्त जरिमाना एक हजार डलर थियो।

यसै गरी व्यापारिक प्रतिष्ठानहरूले कोभिड–१९ सम्बन्धी नियमहरू तोडेको पाइएमा जरिमाना स्वरूप १०,००० डलरसम्म तिर्नुपर्ने छ ।

अस्ट्रेलियाका प्रमुख चिकित्सकीय अधिकृत पअल केलीले नयाँ भेरिएन्टको प्रभावहरू राम्ररी बुझ्न दुई साताको समय लाग्ने बताउँदै आएका छन्।

हाल भिक्टोरिया सहित न्यु साउथ वेल्स र क्यानबेरा अवतरण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले ७२ घण्टा आइसोलेसनमा रहनुका साथै कोभिड–१९ परीक्षण गर्नुपर्ने नियम छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा नेपाली फुटबलको बिकासका बिषयमा समुदायका सदस्यहरुबीच अन्तरक्रिया