MENU

न्यु साउथ वेल्समा प्रतिबन्धहरू खुकुलो; बृहत सिड्नीमा समान नियमहरु


सिड्नी । न्यु साउथ वेल्स राज्यमा कोरोना भाईरसका कारण जारी प्रतिबन्धहरु खुकुलो हुँदै गएको छ ।

सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सोमबार २० सेप्टेम्बर देखि चिन्ताका स्थान घोषित गरिएका सिड्नीका १२ काउन्सिलहरुमा पनि बृहत सिड्नीका अन्य स्थानका समान नियमहरु लागु हुने घोषणा गरेकी छन्।

प्रिमियर ग्लाडिस बेरेजिक्लियनका अनुसार राज्यका चिन्ताका स्थान घोषित गरिएका १२ काउन्सिलका मानिसहरु पनि व्यायाम वा मनोरंजनका अन्य कार्यका लागि आफ्नो घर बाट असिमित समयका लागि बाहिर जान पाउने छन्।

साथै, बालबालिका बाहेक कोरोनाभाइरस विरुद्धको खोपको दुवै डोज लगाइसकेका पांच जनासम्मको संख्यामा मानिसहरु एक साथ् भेला हुन पाउने छन्।

साथै राज्यमा सोमबार २७ सेप्टेम्बर देखि न्यु साउथ वेल्सका भवन बाहिर रहेका सम्पूर्ण स्विमिङ्ग पूलहरु पनि खुल्न पाउने छन्।

यसैबीच राज्यमा रातीको ८ बजे सम्मको चौबीस घण्टामा १,०८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनुका साथै १३ जनाको उक्त भाइरसका कारण मृत्यु भएको छ ।

याे पनि पढ्नुहाेस् ।

सिन्धुलीका विधार्थीलाई अस्ट्रेलियाबाट उपहार