MENU

सिन्धुलीका विधार्थीलाई अस्ट्रेलियाबाट उपहार

अभावका विधार्थीलाई शैक्षिक सामग्रीको राहत; एन आर एन अभियन्ताले गरे अगुवाई

सिड्नी / करिब डेड घण्टा टाढाबाट हातमा किताब कापी बोकेर आउने शिखर मा बि बेल्टार सिन्धुलीका विधार्थीलाई अब झोलामा शैक्षिक सामग्री राख्ने सुबिधा प्राप्त भएको छ । बर्षाको बेला उनीहरुलाई किताव भिजेर झन् हैरानी हुन्थ्यो, त्यो चिन्ता अब हटेको छ ।

आइतबार १९ सेप्टेम्बरमा उनीहरुलाई उपहार स्वोरुप मजबुत झोला, बर्ष भरि लेख्न पुग्ने कापी, सिसाकलम, खाजा राख्ने टेक वे बक्स, पानी पिउने तुम्लेट, ह्याण्ड सेनिटैजर र मास्क प्राप्त भएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको १ नम्बर वडामा यो बिद्यालय  भएतापनि भौगोलिक रुपमा दुर्गम छ ।

घागर, मच्चिनी र सुबिनी खोलाले बर्षाको समयमा यो बिद्यालयका विधार्थीलाई निकै सताउछ र अहिले सम्म पनि इन्टरनेट सुबिधाबाट यहाँका जनता बन्चित छन् । यहाँका पाँचसय बढी विद्यार्थी मध्ये शैक्षिक सामग्री सहयोग गर्नु पर्ने एकसय १६ जना बिद्यार्थी थिए ।

गैर आवासीय नेपाली अभियन्ता दीपक शर्माले ती बिपन्न परिवारका विधार्थीलाई शैक्षिक सामग्री उपहार दिने कार्यकमको अगुवाई गरेका थिए । संबिधान दिवसका दिन आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अविभावक, शिक्षक र बिधार्थी गरि २ सय पचास जनाको उपस्थिति थियो।

शिक्षा, स्वास्थ्य, कला लगाएतका क्षेत्रमा समुदायको सहकार्यमा समाजसेवीकाम गर्दै आएको स्वोर्निम युग सस्थाले समंवोय गरेको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको एन आर एन नेता शर्माले  अगुवाई गरेका हुन्  ।

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सदस्य दीपक शर्मा

बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द थापाका अनुशार शैक्षिक सामग्रीमा हस्तान्तरण कार्यक्रम नितान्त फरक र उत्प्रेरणादायी  थियो । वश्वका बिभिन्न देश र नेपालबाट फरक फरक व्यक्तिहरुले यो बिद्यालयका  बिध्यार्थिलाई पठाएका एक्कै प्रकारका शैक्षिक सामग्री प्राप्त गर्ने विद्यार्थी र तीनका अबिभावकमा साझा खुशी देखिन्थ्यो ।

कमलाइमाइ नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले अहिलेको समय र आवश्यकतालाई बुझेर शुभचिन्तकहरुले पठाएको उपहारको सहि सदुपयोग गर्न बिद्यार्थी र अविभावकलाई आग्रह गरे। उनले उपहार पठाउने सबैलाई नगरपालिकाका तर्फ बाट धन्यबाद पनि ज्ञापन गरे ।

यो बिद्यालयका लागि अमेरिका, अस्ट्रेलिया, पोल्याण्ड र नेपालका बिभिन्न क्षेत्रका तीस जना व्यक्तिहरुले शैक्षिक सामग्री उपहार पठाएका हुन् । यो शैक्षिक सामग्री उपहार कार्यक्रको अगुवाई गरेका अस्ट्रेलिया निवासी दीपक शर्मा गैर आवाशीय नेपाली संघ अन्तरास्ट्रिय समितिका सदस्य हुन् ।

गैरआवासीय नेपाली संघ ओसियाना क्षेत्रको संयोजकको रुपमा काम गर्ने रुची राखेका उनि पश्चिम अस्ट्रेलियाको पर्थ शहरमा बस्छन । सुचना प्रबिधि बिज्ञ समेत रहेका उनी यसघि गैरआवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाका संयोजक रही सकेका छन् ।

नेपालमा अझै पनि शिक्षाको उज्यालो ज्याेती प्राप्त गर्न लाखौ बिध्यार्थिहरु बन्चित रहेको बिचार व्यक्त गर्दै उनले आफु गैरआवासीय नेपाली संघको कुनै पनि तहको पदमा रहेपनि र नरहेपनि नेपालमा समाजसेवामा क्रियाशील रहने बताए ।

उनले गैरआवासीय नेपाली संघ भित्र नेपालबाट हुने राजनीतिक हस्तक्षेप, भ्रस्टाचार र अनैतिक गतिबिधि बिरुद्द आवाज उठाउने र सँस्थाको प्रगति र पारदर्शिताको मुद्दालाइ सधै आफ्नो प्राथमिकतामा राख्ने पनि बताए ।

यो शैक्षिक् सामग्री हस्तान्तरण कार्यक्रममा पुगेका सोहि बिद्यालयका पूर्व बिधार्थी  तथा अभियानका एक सदस्य कृष्णहरि थापाले गैरआवासीय नेपाली नेताहरु, समाजसेवीहरु र बरिष्ट पत्रकारहरुको तर्फबाट प्राप्त सामग्री बिपन्न बिध्यार्थिलाई हस्तान्तरण गर्न पाउदा  आफु गौरवान्वित  भएको बिचार व्यक्त गरे ।

आइतबार आयोजित कार्यक्रममा ११६ मध्ये अनुपस्थित १३ जनालाई सोमबार र १०३ जनालाई आजै शैक्षिक् सामग्री हस्तान्तरण गरिएको थियो । शैक्षिक् सामग्री उपहार प्रदान गर्नेहरुमा डार्विनबाट धनु सुनार, पोल्याण्डबाट नबिन क्षेत्रि, सिड्नीबाट सुबन चौलागाई, अमेरिकाबाट भरत शर्मा, बेलायतबाट शुस्मा गुरुङ, अमेरिकाबाट पुजा दाहाल राउत लगाएत ३० जना  भन्दा बढी थिए ।

यो पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्समा प्रतिबन्धहरू खुकुलो; बृहत सिड्नीमा समान नियमहरु