MENU

नयाँ बर्षको पूर्वसन्ध्यामा सिड्नीमा थपियो प्रतिबन्ध

Gladys Berejiklian Photo: The Australian
Gladys Berejiklian Photo: The Australian

सिड्नी । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेजरिकिनले नयाँ बर्षको पूर्वसन्धयामा केही महत्पपूर्ण प्रतिबन्धहरु घोषणा गरेकी छन् ।

समुदायमा १८ जना कोरोना भाइरसको नयाँ केसहरु देखिएपछि प्रिमियरले केही प्रतिबन्धहरु सार्वजनिक गरेकी हुन् ।

नयाँ बर्षको इभको दिन ग्रेटर सिड्नी, ओलङ्गन, सेन्ट्रल कोस्ट र ब्लु माउन्टेन क्षेत्रमा निम्न प्रतिबन्धहरु लागु हुनेछः

  • घरमा बच्चाहरु सहित पाँच जनमा मात्र अतिथि बोलाउन सकिन्छ ।
  • घर बाहिर हुने भेलामा सहभागि ५० जनाबाट घटाएर ३० जनामा झारिएको छ ।
  • कोभिडको क्लस्टर बनेको सिड्नीको नर्दन बिचेज क्षेत्रको दक्षिण क्षेत्रमा पनि घरमा बच्चाहरु सहित पाँच जना (उक्त क्षेत्रका मात्र) अतिथि बोलाउन सकिन्छ ।

प्रिमियरले नयाँ बर्षको उत्सव मनाउन घरबाहिर ननिस्कन सबै सँग अनुरोध गरेकी छन् । घरमा अतिथिहरु बोलाएको खण्डमा पनि समाजिक दुरी राख्न अग्रह गरिएको छ ।

२४ घण्टामा १८ जना नयाँ संक्रमित

डिसेम्बर ३० बुधवार नियमति पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेजरिकिनले स्थानिय स्तरमा १८ जना नयाँ संक्रमित देखिएको जानकारी दिएकी थिइन ।

प्रिमियरका अनुसार ९ जना एभोलन क्लस्टर, ६ जना सिड्नीको क्रोइडन क्लस्टर बाँकी तिनजनाको जनस्वास्थ्य अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।

राज्यको होटल क्वारेन्टिनमा सातजाना संक्रमितहरु रहेका छन् । बिगत २४ घण्टामा १७ हजार दुइ सय ६७ जनाको कोरोना परिक्षण भएको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्