MENU

न्यु साउथ वेल्समा चार सय १५ स्थानिय संक्रमित; चार जनाको निधन


सिड्नी । न्यु साउथ वेल्स राज्यमा गएको २४ घण्टामा चार सय १५ जना स्थानिय क्रमितहरु देखिएका छन् ।

गएको २४ घण्टामा राज्यमा एक लाख २७ हजारले कोरोना भाइरसको परिक्षण गरेका थिए । राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार एकै दिनमा चार जनाको कोरोनाको संक्रमणका कारण निधन भएको छ ।

यस्तै राज्यको ब्लाकटाउन, माउन्ट ड्रुट, मेरिबानङ, मेरिल्याण्ड, अबर्न र गिलफोर्ड सबअर्वहरु उच्च जोखिममार रहेको प्रिमियरको भनाइ रहेको थियो ।

यसैबीच राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले पत्रकार सम्मेलनमा बोल्दै, संक्रमण उच्चदरमा बृद्धि भैरहेको छ, हामीले प्रतिबन्धहरु थपिरहेका छौ । सबैले जिम्मेवार भएर नियमहरु पालना गरौ ।

भिक्टोरियामा २५ नयाँ स्थानिय संक्रमित

भिक्टारिया राज्यमा २५ जना नयाँ स्थानिय कोराना भाइरस संक्रमित देखिएका छन् । रज्यमा गएको २४ घण्टामा तिस हजार भन्दाबढी जनताले कोरोना भाइरसको परिक्षण गरेका थिए ।

राज्यका अधिकारीहरुले न्यु साउथ वेल्स राज्यमा कोरोना भाइरसको उच्च संक्रमणको असर भिक्टोरिया राज्यमा पनि पर्ने भएको ले सत्रर्क रहन अनुरोध गरेका छन् ।

क्यानबेरामा थप दुई स्थानिय संक्रमित

अस्ट्रेलियाको राजधानी क्याबेरामा गएको २४ घण्टामा थप दुई स्थानिय संक्रमितहरु देखिएका छन् । राज्यका मुख्य मन्त्री एन्ड्रु बारले बिगत २४ घण्टामा तिन हजार भन्दाबढीले कोरोनाको पक्षिण गरेका थिए । राजधानीमा एक हप्तालामो लकडाउन गरिएको छ भने बर्तमान क्लस्टर बढेर नौ जना पुगेको छ ।

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्समा स्न्याप लकडाउन; प्रतिबन्धहरूमा थप कडाई