MENU

एन एस डब्लुमा थपिए ३१ जना नयाँ संक्रमित; लकडाउन लम्बिन सक्छ- डा चान्ट 

NSW state recorded 31 new COVID-19 cases on Friday, including 13 who were active in the community while infectious.

सिड्नी । न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै बिगत २४ घण्टामा राज्यमा ३१ जनालाई कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।

बिगत २४ घण्टामा राज्यमा ७३ हजार ६ सय २ जनाले कोरोना परिक्षण गरेका थिए ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टका अनुसार ३ जनाको जटिल स्वास्थ्य अवस्था भएको कारण आई सि यु मा राखेर उपचार भैरहेको छ ।

“न्यु साउथ वेल्समा लकडाउन लम्बिन सक्छ” प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्ट

न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले दुइ हप्ते लकडाउन लम्बिन सक्ने बताएकी छन् ।

शुक्रबारको पत्रकार सम्मेलनमा बोल्दै डा चान्टले भनिन, “हामीले बनाएको योजना अनुसार ९ जुलाइमा लकडाउन अन्त नहुनपनि सक्छ । भाइरस संक्रमितको संख्या नघटे सम्म लकडाउन अत्य हुँदैन ।”

साथै उनले नागरिकलाई घरमै बस्न र कुनै लक्षणहरु देखिए परिक्षण गर्न अनुरोध गरेकी छन् ।

Book Launch of ‘Swornim Rahasya’; Its Multiple Dimensions