MENU

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना ‘पाेजेटिभ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फस्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार आफू र मेलानियालाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफूहरु क्वारेन्टाइनमा बस्ने तथा चाडै निको हुने विश्वास व्यक्त गरे ।

७४ वर्षीय ट्रम्प उच्च जोखिममा परेको बताइएको छ ।  राष्ट्रपति ट्रम्प पछिल्लो पटक विहिबार न्यू जर्सीको एक कार्यक्रममा सहभागी भएर ह्वाइट हाउस फर्किएका थिए ।

कोरोनाबाट हालसम्म अमेरिकामा २ लाख भन्दा बढी तथा विश्वभरी १० लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।