MENU

समुदायमा संक्रमित बढेपछि पर्थ र पिल रिजनमा चार दिने प्रतिबन्ध

The WA government has imposed new border controls on arrivals from Queensland, the Northern territory and the ACT.

पर्थ । पश्चिम अस्ट्रेलिया राज्यमा कोरोना भाइरसको संक्रमण सामुदायिक स्तरमा देखिएपछि पश्चिम अस्ट्रेलिया सरकारले केही प्रतिबन्धहरु जारी गरेको छ ।

न्यु साउथ वेल्सबाट फर्केकी एक ३२ बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको हो ।

आइतबार २७ जुन पत्रकार सम्मेलन गरेर राज्यका प्रिमियर मार्क मक्गावनले आगामी तीन दिनको लागि पतिबन्धहरु सार्वजनिक गरेका छन् ।

जस अनुसार राज्यको पर्थ र पिल रिजनमा चार दिन सम्मका लागि धेरै कुराहरुमा प्रतिबन्धहरु लगाइएको छ ।

सार्बजनिक यातायात, घर भित्र र घर बाहिर जहाँ सामजिक दुरी कायम गर्न सकिदैन माक्स अनिवार्य लगाउनु पर्नेछ ।

एक सय ५० भन्दाबढीको भिड जम्मा गरेर कुनै सार्वजनिक कार्यक्रम गर्न पाइदैन, जिम, रेस्टुरेन्ट, प्राथना स्थल र नाइट क्लब जस्ता स्थानमा प्रतिब्यक्ति दुइ बर्गमिटरको दुरी लागु गरिएको छ ।

साथै पश्चिम अस्ट्रेिलया राज्यमा साउथ अस्ट्रेलिया र तास्मानियाबाहेकका राज्यहरूबाट नागरिकहरू  प्रवेशमा केही प्रतिबन्धहरू लगाएकाे छ ।

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्समा सोमबार १८ नयाँ संक्रमित; रिजनल क्षेत्रमा पनि प्रतिबन्धहरु थपियो