MENU

न्यु साउथ वेल्समा सोमबार १८ नयाँ संक्रमित; रिजनल क्षेत्रमा पनि प्रतिबन्धहरु थपियो

Sydney's Covid-19 Lockdown 2021 final
सिड्नी । न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यमा कोरोना संक्रमितको संख्या धेरै माथि जान सक्ने बताएकी छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रिमियरले राज्यमा सोमबार १८ जना नयाँ संक्रमित देखिएको जानकारी दिइन । बिगत २४ घण्टामा राज्यमा ५८ हजार ८ सय ७० जनाले कोरोना परिक्षण गरेका थिए ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टका अनुसार जुन २६ देखि चार दिनको समयमा राज्यमा संक्रमितको संख्या बढेर १३० जना पुगेको छ ।

रिजनल र रुरल क्षेत्रहरुमा पनि प्रतिबन्धहरु थपियो

सिड्नीमा फेलिएको कोरोना भाईरसकको यो नयाँ लहरले, न्यु साउथ वेल्सको ग्रामिण क्षेत्रमा पनि प्रकोप पुग्न सक्ने खतरा बढाएको छ।

रिजनल र रुरल क्षेत्रहरुमा कोरोना भाइरस नियन्त्रणको लागि अनिवार्य माक्स सहितको प्रतिबन्धहरु थपिएका छन् ।

यी प्रतिबन्धहरुले क्षेत्रिय स्थानहरुमा पनि सङ्क्रमणलाई फैलन नदिने आशा व्यक्त गरिएको सरकारी अधिकारीहरूकाे भनाइ छ।

याे पनि पढ्नुहाेस् ।

ग्रेटर सिड्नी, वोलोन्गोङ, ब्लुमाउन्टेन र सेन्ट्रल कोस्टमा दुई हप्ता लकडाउन