MENU

ग्रेटर सिड्नीमा अत्यावश्यक बाहेकका सेवाहरु शनिवार मध्यरात देखि बन्द हुने

Restrictions to further limit the spread of the COVID-19

सिड्नी । राज्यमा एकै दिन कोरोना भाइरसका एक सय ११ जना नयाँ स्थानिय संक्रमित भेटिएपछि केही नयाँ प्रतिबन्धहरु थपिएका छन् ।

सिड्नीको दक्षिण पूर्वीमा बसोबास गर्ने एक ८० वर्षका पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

शनिबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले ग्रेटर सिड्नीमा शनिबार राती ११:५९ बजेदेखि अत्याबश्यक बारेहका सबै सेवाहरु बन्द जानकारी दिइन । समुदायमा संक्रमाण बढ्दै गएकोले यो निर्णय लिन परेको उनको भनाई रहको थियो ।

न्यु साउथ वेल्स स्वास्थ्यले जारी गरेको पछिल्ले बिज्ञप्ति अनुसार सुपरमार्केट, खाद्यान्न स्टोर, औषधि पसल र डक्टरको क्लिनिक, पेट्रोल स्टेसन, कार हायर, बैक र अन्य वितिय संस्थाहरु, हार्डवयर, कृषि उपज उत्पादन र वितरण, घरपालुवा जनावरको खाना अन्य आवश्यक साधनहरु, पोस्ट अफिस र न्युज एजेन्सि र कार्यलयका मसलन्दहरु वितरक सेवा नियमत रुपमा संचालनमा रहनेछन् ।

बिज्ञप्ति अनुसार राज्यमा जुलाई १७ राती ११:५९ देखि फेयरफिल्ड, लिभरपुल र क्यान्टबोरी ब्याङ्सटाउन स्थानयि निकायमका बासिन्दाहरु घर छोडेर अन्यत्र जान निषेध गरिएको छ । अत्यावश्यक र आकस्मिक सेवामा काम गर्ने कर्मचारिको हकमा भने यो नियमा लागुहुने छैन ।

१९ जुालाई सोमबारदेखि प्रभावित क्षेत्रका सबै निर्माणकार्यहरु स्थगित गर्नु पर्ने भएको छ । अवासिय क्षेत्रमा पनि अत्यावश्यक नभएका मर्मत संहारहरु, सरसफईकार्यहरु स्थगित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

२१ जुलाई बुधबार देखि रोजगारदाताले कर्मचारि घरमै बसेर काम गर्ने भइ सो अवसर दिनुपर्छ, यसो नगरिएमा १० हजार डलर जरिवाना तिर्नु पर्नेहुन्छ ।

याे पनि पढ्नुहाेस् ।

सिड्नीमा लकडाउनको समयावधि दुई हप्ता थप; भिक्टोरियामा पाँच दिन लकडाउन