MENU

अस्ट्रेलिया निवासी बुढाथोकी दम्पतीद्वारा पत्रकारलाई सहयोगका लागि अक्षयकोष स्थापना

Rishi Budhathoki Swita Shrestha

सिड्नी । पत्रकारिता पृष्ठभुमी भएका ऋषि बुढाथोकी र स्वेता श्रेष्ठ बुढाथोकीले आर्थिक समस्यामा परेका पत्रकार र जेहेन्दार तथा गरिव बिद्यार्थिका लागि एक लाख रूपैंयाको अक्षयकोष स्थापना गरेका छन् ।

सिड्नी निवासी बुढाथोकी दम्पतीले  छोराको जन्मदिनको अवसरमा स्वार्गिय पिता रेशम बहादुर बुढाथोकी तथा माता श्रीमती राधा कुमारी बुढाथोकीको नाममा  रेशम-राधा बुढाथोकी फाउन्डेसन स्थापना गरिएको बताए ।

सोही फाउण्डेसन मार्फत  दाङको मानपुर ७ बनकट्टामा अवस्थित एक मात्र सरकारी प्राथमिक विध्यालयमा अध्यनरत जेहेन्दार तथा गरिब विद्यार्थीका लागी बार्षिक ५० हजारका दरले छात्रवृत्ति प्रदान  गरिने तथा  आर्थिक समस्यामा परेका पत्रकारहरूलाइ बाँकी रकम  सहयोग गरिदै जाने  स्वेता श्रेष्ठले बताइन ।

फ़ाउण्डेसनको तर्फ़बाट  आर्थिक अभावका कारण अस्पतालमा प्यानक्रियाजको उपचार गराइ रहेका पूर्व पत्रकार अनुप आचार्यलाई २४ हजार ४ सय ७१ रूपैंया उपलब्ध गराइसकेको बुढाथोकीले जानकारी दिए ।

ऋषि र स्वेता नेपालमा रहदा सगरमाथा टेलिभिजन लगायत विभिन्न संचारमाध्यमा आवद् थिए ।