MENU

अस्ट्रेलियामा फुड डेलिभरी राईडरको सुरक्षा उपायबारे अध्ययन शुरु

Food Delivery Rider Photo by Brett Jordan on Unsplash
Food Delivery Rider Photo by Brett Jordan on Unsplash

सिड्नी । फुड डेलिभरी राइडरको दुर्घटनामा मृत्यु भएको समाचार बाहिर आइरहदा विगत १२ महिनामा फुड डेलिभरी प्रदायकहरु न्यू साउथ वेल्समा करिब ६५ वटा सुरक्षा उपाय उल्लंघनमा परेको तथ्यांक सार्वजनिक भएको छ ।

एकपछि अर्को फुड डेलिभरी राईडरको सडक दुर्घटनामा मृत्यु भएपछि अस्ट्रेलियाको फुड डेलिभरी गर्ने उद्योगले सुरक्षा उपाय अपनाएको वा अपनाउन असफल भएकोबारेमा अध्ययन सुरु भएको छ ।

एसविएस न्यूजले बाहिर ल्याएको तथ्यांक अनुसार उवर इट्स र डेलिभरीमाथि १२ महिना भित्रमा तीन तीन वटा सुरक्षा उपायबारे गुनासो दर्ता भएका थिए ।

फुड डेलिभरी उद्योगको सुरक्षा उपायबारे आलोचना गर्दै आएको ट्रान्सपोर्ट वकर्स युनियनले अहिले तथ्यांकले उक्त उद्योगमा रहेको सुरक्षा चुनौतीबारे तथ्य वाहिर ल्याएको जनाएको छ ।

ट्रान्सपोर्ट वकर्स युनियनका राष्ट्रिय सचिव माइकल काइनेले अहिलेको तथ्यांकले त्यस्ता उद्योगहरु सुरक्षा उपायबारे गम्भिर नभएरको तथ्य सार्वजनिक गरेको बताए । उनले सुरक्षालाई लिएर थप घटनाहरु तथा थप मृत्युको तथ्यांक सार्वजनिक हुने पर्ने धारणा राखे ।

यता सेफवर्क न्यू साउथ वेल्सले फुड डेलिभरी प्लेट फर्महरुमाथि ६ वटा सुरक्षा घटनालाई लिएर छानविन गरिएको जनाएको छ ।

नियामक निकायले भने ६५ मध्ये कतिवटा घटना फुड डेलिभरीसंग सम्बन्धित रहेकोबारे भने स्पष्ट जानकारी गराएको छैन । तथा ६ वटा सक्रिय घटनामा संलग्न उद्योगको नाम पनि सार्वजनिक गरिएको छैन ।

विगत दुई महिनामै पाँचजना फुड डेलिभरी राईडरको मृत्यु भएको छ । जसमध्ये चारवटा घटना सिड्नीमै भएको छ । न्यू साउथ वेल्स सरकारले उक्त मृत्युको घटनाको छानविनका लागि टास्कफोर्स गठन गरेको छ ।

सेफवर्क न्यू साउथ वेल्स तथा ट्रान्सपोर्ट फर न्यू साउथ वेल्सले उक्त घटनाहरुको छानविन गर्ने छ । फुड डेलिभरी गर्ने डेलिभरीहरुले भने आफूहरुले सुरक्षा उपायलाई गम्भिर रुपमा लिएको प्रतिक्रिया जनाएपनि उवर इट्सले भने कुनै प्रतिक्रिया दिन मानेन ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स