MENU

सफायर ईस्टेटले लिपिङ्टनमा नयाँ शाखा खोल्यो

Sapphire Estate Agents Leppington branch launched
Sapphire Estate Agents Leppington Branch

सिड्नी । सफायर ईस्टेटले सिड्नीको दक्षिण पश्चिम लिपिङ्टनमा नयाँ शाखा कार्यालय खोलेको छ । आइतवार २८ मार्चका दिन पञ्चकन्याहरुले रिबन काटेर ४३ एअर लिग्स एभिन्यु लिपिङ्टनमा रहेको कार्यालयको शुभारम्भ गरेका थिए ।

दक्षिण पश्चिम क्षेत्रमा घर जग्गा खरिद, बिक्री तथा भाडमा लगाउन चाहने ग्राहकको संख्या बढ्दै गएपछि स्थायिन ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्न शाखा कार्यालय स्थापना गरिएको उक्त शाखाका प्रिन्सिपल नभ पाण्डेले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

कार्यक्रममा स्थानिय नेपाली समुदायका सदस्यहरु, रियल स्टेट, मोर्गेज, कभेन्सिङ क्षेत्रका ब्यवसायिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

यो शाखाबाट सफायर ईस्टेट एजेन्टमा आबद्ध एक दर्जन भन्दा बढी एजेन्टहरुले घर तथा जग्गा खरिद, बिक्री र भाडामा लगाउने सेवा प्रदान गर्ने अर्का संचालक रंजित वन्तले जानकारी दिए ।

सफायर ईस्टेटको अहिले ब्रिसवेनमा एक शाखा र सिड्नीमा दुईवटा शाखाहरु संचालनमा रहेका छन् ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाको नेपाली समाजमा हुने घरेलु हिंसा गुपचुप नपारौं-कानुन ब्यवसायी बुनू गौतम