MENU

राजधानी क्यानबेरा र साउथ अस्ट्रेलियाको सीमा प्रतिबन्ध फुकुवा

South Australian Map

क्यानबेरा । साउथ अस्ट्रेलियाले मंगलबार मध्यरातीदेखि राजधानी क्षेत्र (एसीटी) संगको सीमा प्रतिबन्द फुकुवा गर्ने निर्णय गरेको छ ।

साउथ अस्ट्रेलियाको ट्रान्जिसन कमिटिको मंगलबार बसेको बैठकले सीमा नियन्त्रणको मुद्दाबारे छलफल गरेको थियो । प्रहरी आयुक्त ग्रान्ट स्टेभेन्सका अनुसार अस्ट्रेलियाको राजधानी क्षेत्रबाट आउने मानिसहरुलाई १४ दिनसम्मको क्वारेन्टिन बस्नु पर्नेछैन ।

तर उनीहरुले यात्रा अघि नै अनलाइनमार्फत पूर्व अनुमति लिनुपर्ने तथा यात्रा भन्दा १४ दिन अघि न्यू साउथ वेल्स र भिक्टोरियाको यात्रा हनुपर्नेछ । तर उनले न्यू साउथ वेल्सबाट आउनेहरु १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने बताए । न्यू साउथ वेल्सका मानिसहरुमाथिको यात्रा प्रतिवन्ध अनिश्चित कालका लागि कायमै रहनेछ ।

नयाँ नियम अनुसार अस्ट्रेलियाको राजधानी क्षेत्रबाट आउने यात्रुहरु न्यू साउथ वेल्स हुदै सडक माध्यमबाट आउन पाउने छैन र उनीहरु सिधा उडानमार्फत आउनुपर्ने हुन्छ ।

प्रहरी आयुक्त स्टेभेन्सका अनुसार न्यू साउथ वेल्समा कम्तिमा १४ दिनसम्म समुदाय स्तरमा संक्रमण नफैलिएमा न्यू साउथ वेल्ससंगको सिमा प्रतिवन्ध फुकुवा गरिने छ । स्टेभेन्सले आफू न्यू साउथ वेल्सले छिटो भन्दा छिटो समुदायस्तरको संक्रमण रोक्न सक्नेप्रति आशावादी रहेको बताए ।

याे पनि पढ्नुहाेस् ।

रामेछापका दिपकको अस्ट्रेलियामा कृषि क्रान्तिः ५० हजार लगानी मिलियन डलर कारोबार