MENU

सर्वोच्च अदालतद्धारा माधव नेपाललाई अन्तरिम आदेश दिन अस्विकार

Supreme Court has denied issuing an interim order to stop Chairman K P Oli from taking action against lawmakers close to Madhav Kumar Nepal-led faction of the CPN-UML.
Supreme Court has denied issuing an interim order to stop Chairman K P Oli from taking action against lawmakers close to Madhav Kumar Nepal-led faction of the CPN-UML.

काठमाडौं । सर्वोच्च अदालतले पार्टीभित्रको विवादमा स्पष्टिकरण सोध्न पाउने जवाफ नेता माधवकुमार नेपाललाई दिएको छ । स्पष्टिकरण सोधेकै भरमा अन्तरिम आदेश दिन नसकिने आदेश सर्वोच्च अदालतले दिएको हो ।

सांसद पदबाट किन नहटाउने ? भन्ने व्यहोराको पत्र आएपछि नेपाल समुह रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो । सो स्पष्टिकरण रोक्न माग गर्दै अन्तरिम आदेश माग गरिदिएको थियो ।

रिट निवेदक नेताहरुको तर्फबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,हरिप्रसाद उप्रेती,खगेन्द्र प्रसाद अधिकारी,चन्द्रकान्त ज्ञवाली,टीकाराम भट्टराई,,गोविन्द बन्दी लगायतले बहस गर्दै केपी ओलीबाट हुने सम्भावित कारवाहीलाई रोक्न अन्तरिम आदेश दिनु उपयुक्त हुने जिकिर गर्नुभएको थियो ।

नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।

एमालेबाट निलम्बनमा परेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रीट निवेदन दर्ता गराएका थिए ।