MENU

अस्ट्रेलियाबासीको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा

Swornim Yug Foundation

उपराष्ट्रपती नन्दबहादुर पुनले अस्ट्रेलियाबासी नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंशा गरेका छन्।

नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वको हुने गरेको बताए।

समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको www.swornimyug.org मा गएर हरेक व्यक्ति र संस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ।

फाउन्डेसनको शुभारम्भ समारोहमा नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताए। फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक “स्वर्णिम रहस्य” को पनि उनले बिमोचन गरे।  अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उनलेआग्रह गरे। उक्त पुस्तकका लेखक खेम शर्मा हुन् ।

उक्त समारोहमा बोल्दै शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रि बोधमाया यादवले फाउन्डेसनले सामाजिक सेवामा नया चरणको सुरुवात गरेको बताए। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपति डा. मंगल रावलले आफू यो फाउन्डेसनको हरेक गतिबिधिमा सहभागी हुने प्रतिबद्दता व्यक्त गरे। गैर आवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतले पनि यो अभियानमा आफ्नो एक्कैबद्दता रहेको बताए।

पुस्तक पढेपछि आफूपनि प्रभावित भएर अभियानमा सामेल भएको बताएका नेपालको प्राबिधिक शिक्षा बिज्ञ खेम लकाईले आफू यो फाउन्डेसनमार्फत समाजसेवामा सहभागी हुने बताए।

नेपालका स्थापित पत्रकार मनऋषि धितालको अध्यक्षतामा भएको फाउन्डेसन शुभारम्भ कार्यक्रममा सञ्चारकर्मी, बागमती सफाई अभियन्ताहरू, कलाकार समाजसेवीहरुको उपस्थिति रहेको थियो।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा मे २१ मा आम निर्वाचन; प्रमुख दलहरूद्वारा प्रचार प्रसार तिब्र