MENU

तास्मानियाको उत्तर-पश्चिम क्षेत्रमा बर्षा स‌ंगैं बाढीको खतरा, सावधानी अपनाउन आग्रह

हाेबार्ट। अस्ट्रेलियाकाे तास्मानिया राज्यमा रहेको उत्तरी क्षेत्रमा ठुलो वर्षा तथा हुरी बतासका कारण हजारौँ घरहरूमा बन्द भएको  विद्युत् आपूर्ति पुन :सुचारु भएको छ ।
खासै ठुलो क्षति नभए पनि स्टेट इमरजेन्सी सर्भिस (एस ई एस) लाई उत्तर—पश्चिमी क्षेत्रको विभिन्न व्यक्तिबाट ५० वटा भन्दा बढी फोन आएको थियो ।  करिब २ हजार ५ सय घरमा रातभर विद्युत् आपूर्ति बन्द भएको थियो ।  प्रहरीले कतिपय सडक पानीका कारण प्रभावित भएको जनाएको छ । बिहान पाँच बजेसम्म २४ घण्टामा उत्तर तथा उत्तर—पश्चिमी क्षेत्रमा एक सय मिलिमिटर भन्दा बढी वर्षा भएको थियो ।   वेनयार्ड सहरमा फेब्रुअरीमा भएको विगत ३० वर्षपछिकै ठुलो वर्षा भएको बताइएको छ । ३० वर्ष पहिले वेनयार्डमा फेब्रुअरीमा ९९.८ मिलिमिटर वर्षा भएको थियो ।
तास्मानियाको मौसम विभागले जनाए अनुसार वेनयार्डमा सन् २०१६ को जुन ६ तारिखपछिकै ठुलो वर्षा हो । तास्मानियाको अधिकांश नदीहरु बाढीको तह भन्दा तल रहेपनि उत्तरी क्षेत्रमा भने पानीको बहाव बढ्दै गएको बताइएको छ । तर राज्यको कैयौ क्षेत्रमा बाढीको चेतावनीलाई कम गरिएको छ ।
तास्मानियाको उत्तरी क्षेत्रमा रहेको बल्याकउड क्रमिककी निवासी आयल्सा वोनेलले क्रिमका पानीले भरीभराउ भएको थियो जसका कारण उनलाई आफ्नो घर छाड्नु परेको थियो । वोनेलले बताए अनुसार फ्रिज, कपवोर्ड तथा बाथरुममा पानी प्रवेश गरेको थियो ।
वाराताह वेनयार्डका मेयर रोवी वाल्सले बताए अनुसार काउन्सीलका कामदारहरू नालाहरूलाई खोल्नमा व्यस्त रहेका थिए । उनका अनुसार ६ इन्चसम्म पानी जम्मा भएको थियो ।
वेनयार्डका स्थानीयहरूले हालसम्म यति ठुलो वर्षा नदेखेको बताए । तस्मानियाको होवार्टमा ४० मिलिमिटर तथा कुनान्या÷माउन्ट वेलिङटनमा ६९ मिलिमिटर वर्षा भएको बताइएको छ ।
गयराती तास्मानियाको उत्तर पश्चिम क्षेत्रमा परेको बर्षाका कारण साँझ कामबाट फर्किने कतिपय मानिसहरु प्रभावित भएका थिए । बर्नि, डेभनपोर्टपेन्गुइनल्याट्रोवस्प्रेटन तथा उत्तर पश्चिम क्षेत्रमा भारि वर्षा भएको थियो । साे  क्षेत्रमा शनिबार साँझ समेत बर्षा हुने माैसम विभाग तास्मानियाले जनाएकाे छ ।