MENU

नेपाली संगीतमा रमाए लञ्चेस्टनका अशक्तता भएका व्यक्तिहरु

Teej Nepalese Festival Celebration in Launceston, Tasmania
Teej Nepalese Festival Celebration in Launceston, Tasmania

तास्मानिया । अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लञ्चेस्टनको एक अपांगता भएका व्यक्तिहरुलाई हेरचाह गर्ने संस्थामा कार्यरत नेपालीहरुले कार्यस्थलमै नेपालको मौलिक सँस्कृति झल्किने साँगितिक प्रस्तुति दिएका छन् ।

यही सोमबार ६ सेप्टेम्बरमा लञ्चेस्टनको पर्थस्थित एस्क्ली फाउण्डेशनमा काम गर्ने नेपाली युवतीहरुले नेपाली गीतमा नृत्य गरेका थिए भने युवाहरुले मादल, बाँसुरी र गितार बजाएर नेपाली संगीत पस्केका थिए ।

उक्त संस्थामा करिब ३५ जना अपांगता भएका व्यक्तिहरु बस्दछन् भने त्यतिकै संख्यामा नेपालीहरु काम गर्दछन् । उभिन र नाच्न सक्षम हुने उनीहरु नेपाली संगीतको धुनमा उत्साहित हुँदै नाचेको देख्न सकिन्थ्यो ।

Teej Nepalese Festival Celebration in Launceston, Tasmania

उनीहरु करिब आधा घण्टासम्म नेपाली संगीतको स्वादमा रमाइरहे ।

‘अपांगता भएका व्यक्तिहरुलाई हामीले बिभिन्न कृयाकलापहरुमा संलग्न गराउनुपर्ने हुन्छ । त्यही अन्तर्गत हामीले साँस्कतिक प्रस्तुति दियौं,’ उक्त कार्यक्रमको अगुवाई गरेका युवा प्रतीक सिग्देलले भने ।

उक्त संस्थाका सिइओ ड्यानले नेपाली संगीतले अपांगता भएका व्यक्तिहरुको अनुहारमा मुस्कान ल्याएको बताउँदै उनीहरुको जीवनमा खुशी ल्याउने यस्ता कार्यक्रम गरिरहन नेपाली टीमलाई सुझाव दिएका थिए ।

Teej Nepalese Festival Celebration in Launceston, Tasmania

याे पनि पढ्नुहाेस् ।

तास्मानियामा तीजको रौनक; डेभनपोर्टका युवाहरू दर पकाउन आफै कस्सिए