MENU

रग्बी अष्ट्रेलियाका पूर्व कप्तान डेभिड पोकोकद्वारा सन्यास

David Pocock

एजेन्सी । अष्ट्रेलिया रग्बी ख्रेलको राष्ट्रिय टिम वलाबीका पूर्व कप्तान डेभिड पोकोकले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । डेभिडले शुक्रबार २३ अक्टोबरमा १५ वर्षे खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

३२ वर्षीय डेभिडले गत वर्ष नै अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । यो कठिन निर्णय हो । तर, मैले अन्य खेलाडीसँग धेरै छलफल गरेर यो निर्णय लिएको छु, उनले भनेका छन् ।

पछिल्लो समय डेभिड जापानिज क्लब पानासोनिक वाइल्ड नाइटसँग आबद्द रहेका थिए । अष्ट्रेलियाको राष्ट्रिय टिममा उनले २००८ मा डेब्यु गरेका थिए ।

उनले अष्ट्रेलियाका लागि ७८ खेल खेलेका थिए । उनी सन् २०१२ मा अष्ट्रेलियाको कप्तान बनेका थिए । अष्ट्रेलियाका लागि उनले ३ विश्वकप खेलेका थिए ।