MENU

उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्यान्डको नयाँ कार्यसमिति चयन 

NRNA New Zealand  newly elected National Coordination Council (NCC 2021 – 2023)
NRNA New Zealand newly elected National Coordination Council (NCC 2021 – 2023)

अकल्याण्ड । उद्धव अधिकारीको नेतृत्वमा एनआरएनए न्युजिल्यान्डको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

उपाध्यक्षमा निङवर घिसिङ (साउथ आइसल्यान्ड) र भक्त सिवाहाङ (नर्थ आइसल्यान्ड), महासचिवमा विकास पोखरेल, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्ष लक्ष्मण भट्टराई र सहकोषाध्यक्षमा नरहरि बसेल निर्वाचित भएका छन् ।

सदस्यहरूमा विमला पोखरेल, विशाल गौतम, विष्णुविक्रम शाही, कवि गिरी, ममता खनाल, रेशमराज गिरी, रोशनी ज्ञवाली, टीकाराम राई, उर्गेन लामा चयन भएका छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा बालकुमार गोले चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई एनआरएनए न्युजिल्यान्डका पूर्वअध्यक्ष डा. भोला प्रधानले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

एनआरएनए न्युजिल्यान्डका निर्वाचन समिति संयोजक राज महर्जनले निर्विरोध निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

पूर्व अध्यक्षा लाल केसी नयाँ कार्यसमितिलाइ सफल कार्यकालकाे लागि शुभकामना दिएका थिए ।