MENU

एमाले नेपाल समुहको अस्ट्रेलियामा पनि समानान्तर कमिटी; मन्चको अध्यक्षमा राजन कुमार बस्नेत

सिड्नी । एमाले नेपाल समुहले केन्द्रदेखि जिल्लातह सम्म समानान्तर कमिटी बनाउने घोषणा संगै अस्ट्रेलियामा पनि समान्तर कमिटी गठन गरेको छ ।

एमाले नेपाल समुहले प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाको अध्यक्षामा राजन कुमार बस्नेतलाई चयन गरेको छ । त्यसैगरी  माधव शाह, प्रकाश सेढाई र लक्ष्मण श्रेष्ठ तीनजनाई उपाध्यक्षको जिम्वारी दिएको छ भने महासिचवमा ,अच्युत शर्मा, सचिव नरेश थापा, कोषाध्यक्ष पुर्ण लामीछाने रहेका छन् ।

सदस्यहरुमा, ध्रुव सुवेदी, कमल देवकोटा, हरिलाल लामिछाने, अग्नीधर भण्डारी, वीरेन्द्र उदास, किशोर कुंवर, राजु मानन्धर, प्रकाश राया, सुबाश रानाभाट, किरण पौडेल, राज कुमार केसी , रमेश पौडेल, बिबेक अर्याल, उद्धब खड्का, शंकर धरेल,  तारालाल लामा,  दामोदर रावल, रमेश सोडारी,  अवनिश नेपाल, पविता मैनाली र मनसून राई रहेका छन् । कमिटीले हरेराम चन्द्र राउत प्रवक्ता र पब्लिक अफिसरमा सी के भुसालले जिम्मेवारी पाएका छन् ।

एमाले  नेपाल समुहको  प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाको जिम्मेवारी पाएपछि अध्यक्ष राजन कुमार बस्नेतले भने  “अस्ट्रेलियाको नेपाल समुहको समानान्तर कमिटी  प्रवासमा  पहिलो  हो ।”

यसैवीच नेपाल समुह निकट प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाले अदालतको फैसला पछि अस्ट्रेलिया नेपाली समुदायमा कृयासिल संस्थाहरु प्रवासी नेपाली मंच र जनप्रगतिशील मंच पनि सोही अनुसार चल्नु पर्ने थियो। तर प्रवासी नेपाली मंचका  अध्यक्षले तत्कालिन कमिटीको वैठक वोलाएर स्थितीलाई सहज वनाउन पहल नगरेको आरोप लगाएको छ ।