MENU

न्यु साउथ वेल्स र भिक्टोरियाको सीमा नोभेम्बर २३ देखि खुल्ने

सिड्नी । भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लरहरका कारण बन्द रहेको न्यु साउथ वेल्स र भिक्टोरियाको सीमा यही नोभेम्बर २३ देखि खुल्ने भएको छ ।

एन एस डब्लु प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बुधवार ४ नोभेम्बरमा संचारकर्मीसँग बोल्दै भिक्टोरियाका प्रिमियर डेनिलय एन्ड्रुसँगको छलफल पछि सीमा खोल्ने निर्णय गरिएको बताइन ।

भिक्टोरियमा लगातार पाँच दिन सम्म समुदायमा कोरोनाको कुनै संक्रमण भेटिएको छैन र मृत्यु पनि भएको छैन ।

न्यु साउथ वेल्स प्रिमियरले भिक्टोरिया सीमा क्षेत्रका बासिन्दाको सहयोगको प्रसंसा गर्दै आगामी दिनमा पनि हरेकको सुरक्षाको लागि यसरी नै मेहनेत गर्ने अपेक्षा रहेको बताइन ।