MENU

अर्थतन्त्र उकास्न आन्तरिक पर्यटक आकर्षण गर्दै अस्ट्रेलिया; भिक्टोरियाले ल्यायो दुइसय डलरको भौचर

Victoria unveils $200 vouchers to encourage visitors to the regions
Victoria unveils $200 vouchers to encourage visitors to the regions

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यले रिजनल भिक्टोरियाको भ्रमण गर्ने पर्यटकका लागि २ सय डलर बराबरको भौचर प्रदान गर्ने भएको छ । बुस फायर तथा कोभिड—१९ का कारण प्रभावित ग्रामिणा सहरहरूमा पर्यटन प्रवर्द्धनका लागि सो प्याकेज घोषणा गरेको हो ।

प्रिमियर ड्यानियल एन्ड्रयूजले क्षेत्रीय भिक्टोरियामा पर्यटकलाई आकर्षित गर्न भिक्टोरिया टुरिजम रिकभरी प्याकेज अन्तर्गत यस वर्षको बजेटमा ४ सय ६५ मिलियन डलरको बाचा गरेका छन् ।

भिक्टोरियाका नागरिक जसले सो क्षेत्रको यात्राका लागि आवास अथवा टिकटका लागि कम्तीमा ४ सय डलर खर्च गरेकाहरूले खर्च गर्नका लागि २ सय डलरको भाउचरका लागि आवेदन दिन सक्नेछन् । डिसेम्बरदेखि १ लाख २० हजार भौचर उपलब्ध गराइनेछ ।

“तपाईँले पर्यटनको अनुभव गर्नुभएको कुरा सजिलो तरिकाले प्रमाणित गर्न सकिन्छ र सो प्रमाणित भए तपाईँले हामीबाट २ सय डलर प्राप्त गर्न सक्नुहुनेछ,” एन्ड्रयूजले भने ।

क्षेत्रीय भिक्टोरियाका बासिन्दाले पनि एक क्षेत्रबाट अर्को क्षेत्रका यात्राका लागि सो भाउचर प्राप्त गर्न सक्नेछन् तर पर्यटन मन्त्री मार्टिन पाकुलाले भौचरको प्रक्रियाबाट अझै गृहकार्य भइरहेको बताए ।

क्षेत्रीय सहरको पर्यटकीय संरचना विकासका लागि बजेटमा थप १ सय ४९ मिलियन डलर छुटाइएको छ । जस अन्तर्गत ग्रेट ओसन रोडलाई थप विकास गरिनेछ । त्यसै गरी, थप २ मिलियन डलर सर्फ कोष्टमा क्याम्प साइट निर्माणका लागि खर्च गरिने बताइएको छ ।

गिप्सल्याण्ड टुरिजम रिकभरी प्याकेज अन्तर्गत पूर्वी गिप्सल्याण्डमा पर्यटकीय पूर्वाधार विकासका लागि १८.२ मिलियन डलर खर्च गरिनेछ । पर्यटकलाई लोभ्याउन केप कनरान कोस्टल पार्कमा ३.५ मिलियनमा दश वटा इकोपोड्स बनाइनेछ ।

अस्ट्रेलियाकै सबैभन्दा ठुलो लाइट हाउस पोइन्ट हिक्सलाई थप आकर्षक बनाउन ३.८५ मिलियन डलर खर्च गरिनेछ ।

भिक्टोरियाको प्राकृतिक पर्यटकीय क्षेत्र विलसन्स प्रोमोन्टरीलाई अपग्रेड गर्नका लागि २३ मिलियन डलर खर्च गरिनेछ । भिक्टोरियाको सरकारले अरवस्टमा रहेको एक सय चार वर्ष पुरानो स्नोवी रिभर रेल व्रिजलाई अपग्रेड गर्न ३.५ बिलियन डलर खर्च गर्ने भएको छ ।

दक्षिण अस्ट्रेलिया र तास्मानियामा पनि यस्तै खाले कार्यक्रम सञ्चालनमा छ ।

याे पनि पढ्नुहाेस् ।

एनएसडब्लुमा बयस्क व्यक्तिले सय डलर पाउने; सर्भिस एनएसडब्लुमा निवेदन दिन सकिने