MENU

एनएसडब्लुमा बयस्क व्यक्तिले सय डलर पाउने; सर्भिस एनएसडब्लुमा निवेदन दिन सकिने

NSW $100 vouchers How to get your vouchers and where you can spend them
NSW $100 vouchers: How to get your vouchers and where you can spend them

सिड्नी । न्यु साउथ वेल्समा कोरोना महाभारीबाट माथि उठ्न खोजिरहेका रेस्टुरेन्ट, क्याफे, अन्य पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई उकास्ने उद्देश्यले राज्य सरकारले प्रत्येक वयस्क व्यक्तिलाई एक सय डलर प्रदान गर्ने घोषणा गरेको छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले मंगलबार १७ नोभेम्बरमा बजेट जारी गर्दै ५ सय मिलियन डलर  बराबरको प्याकेज घोषणा गरेको छ जुन पर्यटन तथा मनोरञ्जनका लागि खर्च गर्न प्रत्येक वयस्क व्यक्तिलाई  एक सय डलरको भौचर प्रदान गरिनेछ ।

सय डलरको भौचर लिन कसरी निवेदन दिने ?

यस प्याकेज अन्तर्गत न्यु साउथ वेल्समा बसोवास गर्ने १८ वर्षमाथिका बासिन्दाले २५ डलरको चार वटा भौचर  प्राप्त गर्नेछन् ।

जुन रकम विभिन्न खाले सेवामा खर्च गर्न प्रेरित गरिनेछ । १८ वर्षभन्दा मुनीकाले भने यो  स्किममा सहभागी हुने छैनन् ।

यो कार्यक्रम डिसेम्वर महिना भरी सञ्चालन हुनेछ । दुई वटा भाउचरलाई  रेस्टुरेन्ट, क्याफे, क्लब तथा अन्य खानाका लागि प्रयोग गरिनेछ भने अर्को दुई वटा मनोरञ्जनात्मक कार्यका  लागि प्रयोग गरिनेछ ।

सो रकमका लागि सर्भिस एनएसडब्लुको एप्समा गएर निवेदन दिन सकिने छ ।

भौचर शनिबार र आइतबार प्रयोग गर्न पाइने छैन । साथै जुवातास, चुरोट र मदिरा खरिदका लागि पनि यो भौचर प्रयोग गर्न पाइने छैन ।

याे पनि पढ्नुहाेस् ।

रियल इस्टेट ब्यवसायमा उदाएका बिभूषण बिष्टको उत्प्रेरक अनुभव (भिडियाे सहित)