MENU

भिक्टोरियामा खुकुलो हुँदै प्रतिबन्ध; रमाईलो होला त तिहार ?

मेलबर्न । संयोग नै मान्नुपर्छ, नेपालीहरुको दोस्रो महानचाड तिहार नजिकिदै गर्दा भिक्टोरियामा एक साताभन्दा लामो समय देखि कोरोना संक्रमितको संख्या प्रत्येक दिन सून्यमा झरेको छ ।

त्यसैले अस्टे«लियाको भिक्टोरिया राज्यले कोरोना भाइरस नियन्त्रका लागि लगाईएका प्रतिबन्धहरु खुकुलो बनाउदै लगेको छ । जसले गर्दा नेपालीहरुको नजिकिदै गरेको दोस्रो ठूलो पर्व तिहार मनाउन सहज हुने भएको छ ।

भिक्टोरिया भर यात्रा गर्न पाउने देखि लिएर आफन्तहरुलाई सरकारले तोकेको नियम अनुशार घरमै बोलाउन पाँउने छुट मिलेको छ ।

राज्य प्रमुख डेनियल एन्डूयुले आईतबार पत्रकार सम्मेलन मार्फत भिक्टोरियामा कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख हुँदै गएकाले जनजिवन सहज बनाउने घोषणा गरेका छन् । सोमवारबा  देखि भिक्टोरिया बासीहरुले निर्वाध रुपमा आफ्नो राज्यभर यात्रा गर्न पाउने भएका छन् ।

यसैबीच रेष्टुरेण्ट तथा पपहरुले ईनडोरमा ४० जना यात्रुहरुलाई स्वागत गर्न पाउने छन् भने आउट डोरमा ७० जना एकै ठाँउमा सहभागी भएर मनरोञ्जन गर्न पाँउने भएकाछन् ।

जीम तथा खेलकुद सेन्टरहरुमा क्षमता हेरी २० जना सहभागी हुनपाँउनेछन् । धामर्मिक कार्यक्रममा सोमबारबाट आउटडोरमा ५० जना मानिस सहभागीहुन पाँउनेछन् ।

नयाँ नियम यहाँ हेर्न सकिन्छ ।

याे पनि पढ्नुहाेस् ।

दिपावलीमा ओपेरा हाउसमा बत्ति बालिने, न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्रीले दिए शुभकामना