MENU

दिपावलीमा ओपेरा हाउसमा बत्ति बालिने, न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्रीले दिए शुभकामना

 NSW Minister for Multiculturalism Geoff Lee's message on Diwali (Photo: theindiantelegraph)
NSW Minister for Multiculturalism Geoff Lee’s message on Diwali (Photo: theindiantelegraph)

सिड्नी । न्यू साउथ वेल्सका बहुसाँस्कृतिक मन्त्री एवं सांसद जेएफ लिले अस्ट्रेलियामा बसोबास गरिरहेका तथा दिपावली मनाउने दक्षिण एसियाली समुदायलाई दिपावलीको शुभकामना व्यक्त गरेका छन् ।

विश्वव्यापी रुपमा लाखौ मानिसहरुलाई एकतावद्ध गर्ने तथा आशावादी हुन दिपावलीले प्रेरणा प्रदान गर्ने गरेको बताउदै मन्त्री लिले अस्टे«लियामा बसोबास गरिरहेका भारतीय तथा दक्षिण एसियालीहरुका लागि उत्साहपूर्वक समय रहेको एक पे्रस वक्तव्यमार्फत जनाए ।

भोजभतेर गर्नु, घरलाई विभिन्न लाईट तथा मैनबत्ती तथा अन्य वस्तुले सजाउनु तथा प्रियजनसँग रमाईलो समय विताउनु उत्कृष्ट परम्परा रहेको समेत बताए ।

न्यू साउथ वेल्स सरकारले भारतीय तथा दक्षिण एसियाली मुलका नागरिकहरुले पुर्याएको सांस्कृतिक तथा आर्थिक योगदानको कदर गर्ने गरेको मन्त्रीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

File Photo: The Sydney Opera House illuminated in gold to celebrate Diwali (Source: Supplied)

यसैबीच दिपावलीको अवसरमा अस्ट्रेलियाको मुख्य स्मारक सिड्नी ओपेरा हाउसमा बत्ति बालिने भएको छ । ओपेरा हाउसको सबै सेलहरुमा दियोको ज्योतीको रङ देखिने गरि बत्ति बालिने बताएईको छ ।

मल्टिकल्चर न्यु साउथ वेल्सको संयोजनमा र दिपावली पर्व मनाउने बिभिन्न समुदायहरुको सहभागितामा यो कायक्रम हुन लागेको हो ।

कुनै पनि सार्वजनिक चासोको मुद्दा, महत्वपूर्व पर्व वा अवसर र महत्वपूर्ण ब्यक्तिका लागि समर्पित गर्दै राज्यले बिद्युतिय प्रबिधि प्रयोग गरेर ओपेरा हाउनसमा द्धिप प्रजोलन गर्ने चलन छ ।

याे पनि पढ्नुहाेस् ।

कमला ह्यारिसको जीतले बिश्वका महिलाहरुलाई दिएको सन्देश: शिक्षा, हिम्मत र मेहनत