MENU

होटल क्वारेन्टिनमा कमजोरीको आरोपपछि भिक्टोरियाकी स्वास्थ्य मन्त्रीकाे राजीनामा

मेलबर्न । अस्ट्रेलियाकाे भिक्टोरिया राज्यकी स्वास्थ्य मन्त्री जेनी मिकाकोसले पदबाट राजीनामा दिएकी छन् ।

शुक्रबारको छानविनमा असफल होटेल क्वारेन्टाइन कार्यक्रमका लागि मिकाकोस जिम्मेवार रहेको भिक्टोरिया राज्यका प्रिमियरले डेनियल एन्ड्रयूजले आरोप लगाएपछि उनले संसदबाट समेत राजीनामा दिएकी छन् ।

“म आफ्नो विभागको जिम्मेवारी लिन्छु, र यो मसंगै अन्त्य हुन्छ,” उनले एक वक्तव्यमार्फत जनाइन् । “म कहिले पनि आफ्नो काम अधुरो छाड्न चाहन्न तर छानविन समितिसंग प्रिमियरले राखेका कुरामा मेरो गम्भिर असहमति छ । मलाई लाग्छ म उनको मन्त्रीपरिषद्मा काम गर्न सक्दिन,” मिकाकोसले भनिन् ।

एन्ड्रयूजमाथि व्यंग्य गर्दै मिकाकोसले भनिन कि उनलाई विश्वास लाग्दैन कि उनको कारणले होटल क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी भएको हो । “म निराश छु कि मेरो निष्ठालाई कमजोर पार्न खोजिएको छ । भिक्टोरियाबासीले झेलिरहेको अहिलको अवस्थाका लागि म अत्यन्त दुखी छु । असल नियतले म यो भन्छु कि ती घटनाहरु मेरो कार्यले भएको हो,” उनले बताइन् ।

विज्ञप्तीकाे पूर्णपाठ :