MENU

राजदुत दाहालको न्यू साउथ वेल्समा कुटनीतिक भेटघाट

सिड्नी । अस्ट्रेलियाको लागि नेपाली राजदुत नियुक्त भएको करिव एक वर्ष पछि राजदूत महेशराज दाहालले न्यू साउथ वेल्स राज्यको औपचारिक भ्रमण गरेका छन् ।

नोभेम्बर १९ बिहिवार देखि दुईदिने औपचारिक भ्रमणमा राजदुत दाहालले राज्यका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गरिरहेका छन् ।

“आफ्नो औपचारीक न्यु साउथ वेल्स राज्य भ्रमणका क्रममा सरकारका बिभिन्न निकायका उच्च पदाधिकारीहरुसँग नेपाल र अस्ट्रेलिया बीचमा द्धिपक्षिय कुटनीतिका सम्बन्धका बिभिन्न पक्षहरुमा छलफल भयो ।” राजदूत दाहालले भने, “भर्खरै संघियतामा गएको नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच सहकार्य र सम्बन्ध स्थापित गर्न राज्यका पदाधिकारीहरु सकारात्मक छन् । स्थानिय निकाय, शिक्षा, ब्यापर तथा नेपालमा लगानी भित्र्याउने बारेमा छलफल भयो ।”

अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा धेरै बसोवास रहेको राज्य न्यू साउथ वेल्स भएकोले राज्यका पदाधिकारीहरुले पनि नेपाली समुदायको बिभिन्न मुद्दा र बिशेषताबारे ध्यानपूर्वक सुनेको राजदुत दाहालको भनाई थियो ।

न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का र न्यु साउथ वेल्सको प्रिमियर र क्याबिनेटका बरिष्ठ अधिकारी मिशा फाजियो पनि सहभागि थिए ।

भ्रमणको पहिलो दिन नेपाली टोलीले न्यू साउथ वेल्सका गभर्नर मार्गेट बेज्लीसँग गभर्मेन्ट हाउसमा भेट भएको थियो । भेटमा न्यू साउथ वेल्स राज्य र नेपालको कुनै एक प्रदेशलाई सिष्टर स्टेट बनाउने प्रस्ताव नेपाली राजदूतले राख्दा यसमा गभर्नरले सकारात्मक जवाफ दिएका थिए ।

नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्ष पुगिसकेको अवसरमा आगामी बर्षमा द्विपक्षीय सम्बन्ध अझ गाढा बनाउन उच्चस्तरको भ्रमण गर्ने बिषयमा पनि छलफल भएकोे राजदूत दाहालले बताए ।

बिहिवार नै राजदुत दाहालकाे प्रधानन्यायाधीश टम बाथस्ट, सिड्नी सीटीका काउसलर रोबर्ट कोकसँग  भेट भएको थियो । उक्त भेटमा नेपालका नगरपालीकाहरुसँग भगिनी सम्बन्ध स्थपना गर्ने बारेमा छलफल भएको थियो ।

बिहिवार नै मल्टिकल्चर न्यु साउथ वेल्सका प्रमुख कार्यकारी अधिकृत जोसेफ ला पोस्टासँग भेट भएको थियो । उक्त भेटमा मल्टिकल्चर न्यु साउथ वेल्सका प्रमुख कार्यकारी अधिकृतले दिवा भोजको आयोजना गरेका थिए ।

उक्त भेटमा अस्ट्रेलियामा इमर्जीङ नेपाली समुदायको राज्यका बिभिन्न तहमा सहभागिता र समुदायको बिकासका लागि कम्यनिटी ग्रण्टमा पहुचबारे द्धिपक्षिय छलफल भएको थियो । सथै नेपालीहरूका लागि वर्किङ हाेलिडे भिसाकाे बिषयमा छलफल भएकाे थियाे ।

भ्रमण टोलीको अर्को भेट न्यू साउथ वेल्स लेजिष्लेटिभ काउन्सिलका अध्यक्ष जोन आकाजा र लेजिष्लेटिभ एसेम्लीकी सभामुख जोनथन ओ डिया बीचमा नेपालको संसदिय अभ्यास र द्धिपक्षिय भ्रमणका बिषयमा छलफल भएको राजदुत दाहालले नेप्लिज अस्ट्रलियनलाई बताए ।

न्यु साउथ वेल्स भ्रमणको दोस्रो २० नोभेम्बरमा नेपाली टोलीले राज्यका डेपुटी प्रिमियर तथा उद्योग तथा बाणिज्य मन्त्री जोन बारलारो सँग भेट हुनेछ । भेटमा दुई देशबीच ब्यापर र नेपालमा अस्ट्रेलियन लगानि बढाउने बिषयमा मुख्य छलफल हुनेछ ।

नेपाली समुदाय र न्यू साउथ वेल्सको राज्य सरकारबीच सम्बन्ध बढाउन यो भ्रमण निकै महत्वपूर्ण भएकोे न्यु साउथ वेल्सकालागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले बताए ।

भ्रमणमा ब्यक्त प्रतिबद्धताहरु पुरा गर्न दुतावास र राज्यका निकायहरु नियमित सम्पर्कमा रहेने भएका छन् ।