पर्रथ । पश्चिम अस्ट्रेलियाको राज्य स्तरीय चुनावी मतदान सम्पन्न भएको छ । जस अनुशार संघीय सरकारको नेतृत्व गरेको दल लिवरल पछि परेको छ भने संघीय सरकारमा प्रतिपक्षमा रहेको दल लेवरले बुहुमत ल्याउने मतपरिणामहरुले देखाएको छ ।
पछिल्लो मतपरिणाम अनुशार लेवर पार्टीले अग्रता लिएको छ । लेबर नेता मार्क म्याकगोवानले आफ्नो पार्टी ठूलो मतान्तरका साथ विजय हुने दावी गरेका छन् । चुनावमा ७ लाख ५० हजारले मतदान गरेका थिए ।
म्याकगोवानले भने कि पश्चिमी अस्ट्रेलियालीहरूले उनको सरकारलाई समर्थन गर्नु पर्दछ किनभने यसले कोरोनाभाइरस महामारीको बेलामा “कडा निर्णय” गरेको थियो जसले जीवन बचायो र अर्थव्यवस्थालाई बचायो।