मेलबर्न । लकडाउनका कारण अस्ट्रेलियामा अड्किएका नेपाली नागरिक फिर्ता लैजान नेपाल एयरलाइन्सको चार्टर्ड बिमान आज मेलबर्न आउदै छ । आर.ए ४१३५ नम्बरको नेपाली बिमानले काठमाडौंबाट कोललम्पुर हुुँदै मेलबर्नका लागि उडान भरेको थियो । बिमान आजै १२ः५० बजे काठमाडौं फर्कने पूर्बनिर्धारित तालिका भएपनि उडान निर्धारित समय भन्दा केही समय ढिला हुने भएकाे छ ।
बिमानस्थलमा यात्रुहरु पुग्ने क्रम शुरु भएको छ । यात्रुहरुको विदाईका लागि नेपाली महाबाणिज्यदुत भिक्टोरियाका प्रतिनीधि र गैर आवासीय नेपाली संघका स्वयम सेवकहरु विमान स्थल पुगिसेका छन । नेपाली डाक्टरहरुको समूह पनि अहिले बिमानस्थलमा छ । यात्रुहरुको समान्य स्वस्थ्य परीक्षण गरिने अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एशोसिएनका अध्यक्ष डाक्टर चन्द्र दिपक पोखरेलले बताए ।
आज नेपाल फर्कनका लागि अस्ट्रेलियाका विभिन्न शहरवाट यात्रुहरु शुक्रवारनै मेलबर्न पुगिसकेका छन । यात्रुहरुको ब्यवस्थापन भिक्टोरिया स्थित नेपाली महावाणिज्य दुतावासले गरेको छ ।
क्यानबेरा स्थित नेपाली दुतावासले भने यात्रु ब्यवस्थापनको जिम्मा महाबाणिज्यदूतको कार्यालय भिक्टोरियाले लिएको जनाएका छ । राजदूत तथा दुतावासका प्रतिनीधि आज मेलबर्न नजाने भएका छन ।
दोस्रो चार्टर्ड विमानमा नेपाल फर्कन ३ सय २५ जनाले दुताबासमा नाम दर्ता गराएपनि दुतावासको सूचीमा दुइ सय १५ जनाले टिकट लिएको बिवरण छ । यद्यपी अन्य नौ दशजना थपिन सकिने दुतासले जनाएको छ । २३ जुनमा सिड्नीवाट भएको पहिलो उडानमा २ सय ५९ जना नेपाली चार्टर्ड विमान मार्फत नेपाल फर्किएका थिए ।
चार्टर्ड बिमानमा नेपाल फर्कनका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य छ । तर परीक्षण रिपोर्ट नै नआएका यात्रुहरु पनि मेलबर्न पुगेका छन । भिक्टोरिया स्थित नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जनले भने ‘पिसीआर परिक्षण रिपोर्ट नभएका यात्रुहरुलाई आज नेपाल नेपाल पठाउन सकिदैन । ’
बिमान चढ्नु भन्दा एक हप्ता अघि पिसिआर परीक्षण गर्न नेपाली दुताबास क्यानबेराले पटक –पटक आग्रह गरेको थियो । “पिसीआर रिपोर्ट नै नभएका यात्रुहरु हाम्रो सम्पर्कमा आएका छन । उनीहरुको वारेमा नेपालमा कुरा गर्दा पिसीआर रिपोर्ट नभएकालाई नपठाउनु भन्ने निर्देशन भएको छ ।” महाबाणिज्यदूत योञ्जन भने ।
गैर आवासीय नेपाली संघ भिक्टाेरिया राज्य समितिले बिमानमा फर्कने यात्रुहरुलाई मास्क, सेनिटाईजर र चकलेट सहितको उपहार दिने संघका अध्यक्ष केशव कंडेलले बताए । अन्य राज्यवाट आएको यात्रुहरुलाई खान, बस्न र आवास देखि बिमान स्थल सम्म पुयाउनका लागि स्वंयम सेवकहरु परिचालन गरेको र बिमान स्थल आसपास बस्ने यात्रुहरुलाई शनिबार बिहान खाजाको ब्यवस्थापन गरिएकोे अध्यक्ष कडेलले जानकारी दिए । अन्य राज्यबाट आएका ३५ जना यात्रुहरुलाई आवासका लागि संघले समन्यवन गरेको थियो ।
याे पनि पढ्नुहाेस् ।
https://nepaleseaustralian.com.au/archives/3824