MENU

दक्षिण एसियामा कोरोनाबाट १ लाख १२ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका (सार्क) मा १ लाख ११ हजार ९ सय ६१ जना संक्रमित भएका छन् । ३ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।

३० हजार ६ सय २२ कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ७७ हजार ३ सय ७८ जना हाल उपचाररत रहेका छन् ।

सार्कका ८ मुलुकमध्ये कोरोनाबाट सबैभन्दा बढि भारत आक्रान्त भएको छ ।

दोस्रोमा पकिस्तान, तेस्रोमा बंगलादेश रहेका छन् । अहिलेसम्म सार्कका दुई मुलुक नेपाल र भुटानमा भने कसैको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छैन् ।

कोरोनाबाट सार्कका कुन देशमा कति संक्रमित कतिको मृत्यु ?

  देश  संक्रमित  मृत्यु  निको भएका
  भारत  ६२९३९  २१०९  १९३५८
  पाकिस्तान  २९४६५  ६३९  ८०२३
  ब‌ंगलादेश  १३७७०  २१४  २४१४
  अफगानिस्तान  ४०३३  ११५  ५०२
  श्रीलंका  ८४७  ९  २६०
  माल्दिभ्स  ७९०  ३  २९
  नेपाल  ११०  ०  ३१
  भुटान  ७  ०  ७