MENU

नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि

COVID-19 Update Nepal

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा वितेको २४ घण्टामा १२ हाजर ९७८ पीसीआर परीक्षण गर्दा थप २ हजार १ सय २० जना संक्रमित थपिएको जानकारी दिए ।

योसंगै नेपालमा संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना स.क्रमित निको भएका छन्।

योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

काठमाडौंमा मात्रै ११७७ लाई संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७७ मा कोरोना पुष्टि भएको बताए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले, अहिले काठमाडौंमा संक्रमणको दर तिव्र रहेको भन्दै सकभर काठमाडौं नआउन सबैलाई अपिल गरेको छ ।