MENU

यसरी मनाए नेपालीले अस्ट्रेलिया डे (फोटो फिचर)

एडिलेड, अस्ट्रेलिया डे २०२० मनाउन अस्ट्रेलियाका बिभिन्न राज्यमा आयोजना भएका कार्यक्रमहरुमा यहाँको नेपाली समुदायले पनि सक्रिय सहभागिता जनाएको छ । अस्ट्रेलिया डे को अवसरमा आयोजित बहुसास्कृतिक कार्यक्रममा नेपाली सास्कृतिक नृत्य र परेड प्रस्तुत भएका छन् ।

सिड्नीको दक्षिण सेन्ट जर्ज क्षेत्रमा जर्जेज रिभर काउन्सिलले आयोजना गरेको अस्ट्रेलिया डे फेस्टिभलमा नेपाली अभिभावकहरु, युवा र बालबालिकाहरु सहभागि भएका थिए ।

 

बिभिन्न राज्यहरुमा नेपाली समुदायका सदस्यहरुले सामुहिक रुपमा पार्कमा भेला भएर बारविक्यु र पिकनिक गरेक थिए । यस्तै काउन्सिलहरुले अयोजना गरेको सिटिजनसीप बितरण समारोहमाबाट धेरै नेपालीले यहाँको नागरिकताको प्रमाणपत्र लिएका छन् ।

अष्ट्रेलियाको दक्षिणी राज्यको प्रमुख सहर एडिलेडमा “अष्ट्रेलिया डे”को अवसरमा नेपाली समूदायले बृहद झाँकी प्रस्ुतत गरेका छन् । एडिलेड नेप्लीज सोसाईटीको संयोजनमा भएकोे कार्यक्रममा हिमाल, पहाड र तराईको पहिचान झल्किने विभिन्न पोशाकमा सजिएर करिव तिन सय भन्दा बढी नेपालीहरुले आफ्नो सास्कृतिक पहिचान प्रस्तुत गरेका एडिलेट नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

 

राज्यकै प्रमुख बहुसास्कृतिक पर्वको रुपमा मनाइदै आएको अस्ट्रेलिया डे परेको प्रमुख आकर्षण नेपाली लाखे रहेको थियो । अस्ट्रेलिया डे काउन्सिल एडिलेटको आयोजनामा भएको यो कार्यक्रममा नेपाली सहित ७० भन्दा बढी समुदायको सहागिता रहेको थियो । एडिलेट सहरको मुटु फ्रेङ्कलिन स्ट्रिटबाट शुरु भएको परेड नजिकैको एल्डर्स पार्कमा गएर टुङ्गिएको थियो ।


झाँकीमा नेपाल भ्रमण बर्ष र नेपाल बुद्ध र सगरमाथाको देश भनेर चिनाउने बिभिन्न पोष्टर र बुद्धको मुर्ति समेत प्रस्तुत गरिएको कार्यक्रममा एडिलेटमा रहेका नेपाली मुदायका आगुवाहरु कलाकार र ब्यवसायीहरुको सहभागिता रहेको थियो ।