MENU

बर्षा र बाढीका कारण न्यु साउथ वेल्सका २०० बिद्यालय बन्द

March 2021 floods-The Hastings River Port Macquarie
March 2021 floods-The Hastings River Port Macquarie

सिड्नी । बिगत केही दिन देखिको अविरल बर्षा र बाढीका कारण न्यु साउथ वल्स राज्यका करिव २०० भन्दा बढी विद्यालयहरु बन्द भएका छन् ।

राज्यको उत्तरी भेगका सरकारी र नीजि द्यिालयकहरु बर्षका कारण बढी प्रभावित भएका छन् । हन्टर, सेन्ट्रल कोस्ट, वेस्ट्रन सिड्नी र मिड नर्थ कोस्ट क्षेत्रका विद्यालयहरु बन्द गरिएको न्यु साउथ वेल्सको शिक्षा बिभागले जनाएको छ ।

विद्यार्थीको, शिक्षक र अन्य कर्मचारीको सुरक्षा पहिलो प्राथमिकता भएको बिभागले जनाएको छ । बिद्यालय संचालन सम्बन्धी थप जानकारीका लागि बिभागको वेभराइट नियमति हेर्न अनुरोध गरएको छ ।

अभिरल बर्षा र बाढीका कारण न्यु साउथ वल्स राज्यको बस, रेल, फेरी र हवाइ सेवा पनि प्रभावित भएको छ ।

याे पनि पढ्नुहाेस् ।

वर्षा र बाढीका कारण एन एस डब्लुमा जनजीवन प्रभावित; हजारौ मानिसलाई सुरक्षित स्थानमा सारियो