MENU

अस्ट्रेलियामा होलि रमझमको तयारि सुरु

होलिको लागि तयारि पोस्टर

सिड्नी/अस्ट्रेलियामा भएका नेपालीहरुले रंगहरुको पर्ब होलि मनाउने भब्य तयारि सुरु गरेका छन् । आगामी मार्च ६ मा , मराना अडिटोरियम हर्शभिलमा हुने उक्त कार्यक्रम एसोसियसन अफ नेपाल तराइ इन अस्ट्रेलियाले  आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपालबाट नेपाली पप् गायिका प्रश्ना शाक्य , लोक गायक रविराज शाह र भोजपुरी गाएक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको  सस्थाका  महासचिब- नितिश गुप्ताले नेपलिज अस्ट्रेलियनलाइ बताए ।

करिब ७ सय नेपाली सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा शिस्ट रुपमा सबैले सबैलाई  रंग अबिर लगाउने,  होलि गीतहरुमा रमाउने र होलिका अबसरमा नेपालमा बनाइने परम्परागत खानाहरु पनि राखिने बताइएको छ । यो कार्यक्रमको लागि टिकट दर  १५ अस्ट्रेलियन डलर राखिएको छ ।

यो सस्था २००८ मा स्थापना भएको हो . अस्ट्रेलियामा खडेरी तथा डढेलोमा पनि यो सस्थाले सहयोग गरेको थियो भने नेपालमा भूकम्पका बेला पनि सहयोग गरेको थियो .। नेपालको  तराइमा गतबर्ष आधीहुरीले नोक्सानी पुर्याउंदा यो सस्थाले सहयोग गरेको थियो भने , २०१८ देखि दुइ जना आर्थिक रुपमा बिपन्न बिध्यार्थिलाई पठन पाठनमा प्रत्यक बर्ष सहयोग गर्दै आएको महासचिब नितिश गुप्ताले बताए।

नेपालबाट आएका नया बिद्यार्थीलाइ सिड्नी विमानस्थलमा रिशिब गर्ने र काम तथा  डेरा खोज्न सहयोग गर्ने जस्ता सामाजिक काम पनि एसोसियसन अफ नेपाल तराइ इन अस्ट्रेलियाले  गर्दै आएको छ । नेपालको तराइ भूभागका २२ जिल्लाबाट अस्ट्रेलिया आइ बसोबास गर्ने हजारौ  नेपालीहरु यो सस्थामा संगठित छन् ।

नेपालको तराई भूभागको सस्कृति बचाउन यो सस्थाले अस्ट्रेलियामा  हरेक बर्ष छठ, होलि , इद जस्ता पर्वहरु मनाउने गरेको अध्यक्ष प्रविन चौरसियाले बताए ।