क्यानबेरा । अर्थतन्त्र उकास्ने उदेश्यले अस्ट्रेलियाकाे संघीय सरकारले मंगलबार सार्वजनिक गरेको बजेटले फास्ट ट्रयाकको माध्यमले कर कटौती, युवा श्रमिकको ज्यालाका लागि सरकारी आर्थिक सहायताका लागि करोडौ डलरको योजना अघि सारेको छ ।
कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरबाट उन्मुक्ति पाउन ऋण र बजेट घाटा उच्च रहने
३५ वर्षमुनीका वेरोजगारलाई रोजगारी दिन व्यवसायीलाई सरकारले प्रोत्साहन रकम प्रदान गर्ने
अर्थतन्त्र सुधारका लागि फास्ट ट्रयाक रुपमा कर कटौतीका लागि ५० विलियन डलरको योजना
जेष्ट नागरिक, उनीहरुका हेरचाह गर्ने तथा असक्षमका लागि सरकारले ५ सय डलर प्रदान गर्ने तथा घरमै रहेका २३ हजार जेष्ठ नागरिकहरुको हेरचाहका लागि १ दशमलब ६ विलियन डलर छुट्याइने
यस आर्थिक वर्षको वित्तिय घाटा २ सय १३ विलियन डलर भन्दा माथि हुने आंकलन
सन् २०२४ सम्म कुल ऋण ९ सय ६६ डलर पुग्ने
यस आर्थिक वर्षमा बेरोजगारी ७ दशमलब २५ प्रतिशत रहने
वेस्ट अस्ट्रेलिया बाहेकका अन्य सबै क्षेत्रका सिमा यस वर्षको अन्त्यसम्मै खुल्ला गरिने
अन्तर्राष्ट्रिय विद्यार्थी र स्थायी आप्रवासन आगामी वर्षको अन्त्यसम्म पनि नहुने तथा सन् २०२१ सम्म अन्तर्राष्ट्रिय उडान कम रहने
अघिल्लो वर्षको जुलाईसम्म कोरोना भाइरसको खोप आए आर्थिक गतिविधि ३४ विलियनले बढ्ने तर सो समयसम्म खोप नआए आगामी दुई वर्षसम्म ५५ विलियन डलरले कम हुने
सरकारले आफ्नो मानविय कार्यक्रमका लागि गरिने नियुक्तिमा पनि कटौती गर्ने जसबाट अरबौ डलरको बचत हुने अपेक्षा
बजेटमा सरकारले ६ दशमलब ४ विलियन छुट्याएको छ तर योजनाहरु सार्वजनिक गर्न बाकी रहेको छ
१६ वर्षदेखि ३५ वर्षसम्मका मानिसलाई जबसिकर कार्यक्रमबाट रोजगारी प्रदान गर्ने व्यवसायीलाई एक वर्षसम्म जबमेकर हाइरिङ क्रेडिट प्रदान गर्ने
३० वर्षमुनीका कामदारलाई हप्तामा २ सय डलर प्रदान गर्नुपर्ने तथा ३० देखि ३५ वर्षसम्मका कामदारलाई हप्ता १ सय डलर प्रदान गर्नुपर्ने, जसले ४ लाख ५० हजार मानिसलाई सहयोग गर्ने अपेक्षा