होबार्ट । तास्मानिया प्रहरीले विगत ६ दिन देखि हराई रहेका नेपाली भाषी हेम विश्वको खोजिको लागि सहयोग गर्न सार्वजनीक अपिल गरेको ४/५ घण्टा पछि सकुशल फेला मंगलबार साँझ उनलाई होवार्टबाटै फेला पारेको छ ।
प्रहरीले हेम हराएको सूचना शेयर गर्नै सवैमा धन्यवाद दिदै उनी सकुशल रहेकाे सवैमा जानकारी गराएकाे छ ।
प्रहरीले हेम हराएको सूचना जारीगरेपछि अस्ट्रेलियाका नेपाली अनलाइन मिडियाले समाचार प्रकाशन गरेका थिए भने हराएकाे सूचना नेपाली समुदायले सामाजिक संजालमा ब्यापक शेयर गरेका थिए ।
यस अघि तास्मानिया प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना जारी गरी हराएका भनिएका हेमको हुँलीया सहितको फोटो सार्वजनीक गरेको थियो । यसैवीच गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, तास्मानिया राज्यका संयोजक सन्देश परियारले पनि हेम भेटिएको पुष्टि गरेका छन् ।