क्यानबेर, नेपाली दुतावार क्यानबेराको भवन निमार्ण प्रक्रिया शुरु गरेको छ । दुतावासले भवन निमार्णका लागि डिजाइन गर्न ५ वटा इन्जिनियरिङ कन्सल्टिङ फर्म छनोट गरेको छ । पाँचवटा फर्मले पेश गर्ने आर्थिक तथा प्राविधिक प्रस्ताव मध्ये छनोटमा परेको कम्पनिले भवनको डिजाइन गर्ने छ ।
दुतावासरले २९ मे शुक्रवार वेभसाइटमा सुचना प्रकासीत गरेर ५ वटा इन्जिनियरिङ कन्सल्टिङ फर्मको आसय पत्र छनोट भएको सार्वजनिक गरेको हो ।
इन्जिनियरिङ कन्सल्टिङ फर्म छनोट सँगै नेपाली दुतावास भवन निमार्ण प्रक्रियाले गति पाएको अस्ट्रलियाका लागि नेपाली राजदुत महेशराज दाहालले नेप्लिज अस्ट्रेलियनलाई बताए । दाहालले भने, “राजदुत भएर क्यानबेर आएपछि प्राथमिकतामा राखेर भवन निमार्णका कामलाई अगाडी बढाएको छु ।”
छनोट भएका इन्जिनियरिङ कन्सल्टिङ फर्महरुले दुतावासको रिक्वारमेन्ट अनुसारको डिजाइन बुझाउने पर्ने छ । डिजाइन छनोट भएपटि भवन निर्माणको प्रक्रिया शुरु हुनेछ । डिजाइका लागि छनोट भएका सबै इन्जिनियरिङ कम्पनीहरु अस्ट्रेलियन हुन् ।
दुई बर्ष अघि नेपाली दुतावास र अष्ट्रेलिया सरकारबीच जग्गा खरिद सम्झौता
दुई अघि २०१८ मार्च महिनामा आयोजित एक समारोहकाबीच अष्ट्रेलिया सरकार र नेपाली दुतावासबीच सिधा जग्गा किनबेच सम्झौता भएको हो । सम्झौता पत्रमा नेपालका तर्फबाट तत्कालिन राजदुत लक्की शेर्पा र अष्ट्रेलियाका तर्फबाट लिन्डल स्याच्स्ले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार कुटनीतिक प्रयोजनका लागि अष्ट्रेलियन सरकारले छुट्टाएको क्यानबेराको ओमाली सर्बबमा रहेको प्लटमा ६१९८ बर्ग मिटर अर्थात करिब १३ रोपनी जग्गा नेपालको स्वामित्वमा आएको छ ।
दुईदेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको लोमो समय भएपनि हालसम्म अष्ट्रेलियामा नेपाली दुतावासको आफ्नै स्वामित्वको जग्गा र भवन थिएन ।
जग्गा खरिद गरेपछि यहाँको नियम अनुसार ३६ महिना अर्थात ३ वर्ष्भित्र भवन निर्माण गरिसक्नुपर्छ । उक्त जग्गामा दुतावासको भवन, राजदुत तथा कर्मचारीको निवास, वगैंचा तथा कारपार्क निर्माण गरिनेछ ।
दुतावसले जारी गरेको सर्वजनिक सुचना