MENU

आफू बसेको देशको कानुन पालना गर्नुहोस्: कानुन ब्यवसायी समिता काफ्ले

Article by solicitor Samita Kafle

अस्ट्रेलियाको संघिय संसदमा ब्याप्त यौन हिंसाको घटनाले यहाँ महिला माथि हुने हिंसाको बिकराल समश्यालाई उजागर गरेको छ । संसद घर देखि नीजि घर घरमा महिला माथिहुने हिंसा बढ्दो देखिन्छ ।

अस्ट्रेलियामा औसत हरेक हप्ता एक जना महिलाको पाट्नर्र वा पूर्व पाट्नर्रको हिंसाको कारण निधन हुने गरेको तथ्याङक छ । महिला माथि हिंसा कुनै समुदाय बिशेषमा मात्र सिमित नरहेर अस्ट्रेलियाको मुलप्रवाह, बहुसास्कृतिक र आदिवासी सबै समुदायमा ब्याप्त छ ।

सिड्नी स्थित बोण्ड लिगल सर्भिसेजमा कार्यरत कानुन ब्यवसायी समिता काफ्ले नेप्लिज अस्ट्रेलियानका संपादक छत्र शंकर सँगको कुराकानीमा भन्छिन, “यहाँ भने महिला र पुरुषमा गरिने ब्यवाहार मै फरक छ । यहाँका महिला योग्यता, क्षमता र दक्षतामा पुरुष भन्दा अगाडी नै भएपनि नदेखिने खालको बिभेद हिंसा यहाँ छ । महिलाहरुलाई अप्रत्यक्ष रुपमा दावाईएको हुन्छ महिला डोमिनेन्ट हुन्छन् । यस्तो बेलामा कतिपय महिलामाथि हिंसाका घटना पनि हुने गरेका छन् । कार्यस्थलमा भएका हिंसाका घटनाहरु जागिरको सुरक्षाको कारण तत्कालै बाहिर ल्याउन सक्दैनन् ।”

अस्ट्रेलियाको अदालती प्रक्रिया महंगो छ भने आर्थिक अभाव भएकाहरुका लागी पनि सरकारले लिगल एड मार्फत पिडीतहरुले कानुनी अधिकार खोज्न सहयोग गर्न सक्छन । तर नीजि कानुन ब्यवसायीहरुले भने नो विन नो फीमा सर्भिस दिईरहेका हुन्छन् ।

रोजगारीका लागि हुने अन्र्तवार्ताहरुमा पनि महिला माथि असान्र्दभिक प्रश्नहरु सोधेर बिभेद गरिन्छ । समिता भन्छिन, “अन्र्तरवार्ताको बिषयवस्तु भन्दा बाहिर गएर ब्याक्तिगत जीवनका बारेमा प्रश्न गर्नु कानुन विपरित हो । कुनैपनि महिलाई तिम्रो बच्चा छ छैन विवाह भएको छ की छैन भन्ने जस्ता प्रश्न अन्र्तरवार्तामा गरिनु अस्ट्रेलियाको कानुन विपरित हुन्छ ।”

अस्ट्रेलियाको कानुनमा पिडीतले न्याय नपाउने भन्ने हुँदैन । तर, यदी तपाई पिडीत हुनुहन्छ र अदालत जाँदैहुनुन्छ भने तपाईसँग भरपरर्दो प्रमाण भने हुनुपर्छ । अस्ट्रेलियाको अदालती प्रक्रिया महंगो छ भने आर्थिक अभाव भएकाहरुका लागी पनि सरकारले लिगल एड मार्फत पिडीतहरुले कानुनी अधिकार खोज्न सहयोग गर्न सक्छन । तर नीजि कानुन ब्यवसायीहरुले भने नो विन नो फीमा सर्भिस दिईरहेका हुन्छन् ।

समिताको नजार महिला विरुद्धको हिंसा कस्तो छ ?

अस्ट्रेलियाको नेपाली समाजमा सवैभन्दा बढी घटना महिला बिरुद्धनै हुनेगरेका छन् । हरेक दिन नेपाली समुदाय भित्र महिला माथि हुने हिंसाको लेवल घट्ने होईन की बढ्दो छ । आफै माथि पिटाई खाएर पनि नेपाली महिलाहरु आफू माथि भएको अन्याय सहेर नै बसेका छन । समिताको कानूनी अभ्यासको अनुभवको आधारमा पिडीतले आफै उजुरी गरेको भन्दा सँगै बस्ने तथा झगडा गरेको देख्नेहरुले प्ररहीलाई खवर गरेर अदालत सम्म पुगेका केसहरु धेरै छन् ।

हिंसा कम गर्ने समिताको शुत्र

कानुन ब्यवसायी समिता काफ्ले नेपाली जीवनशैलीलाई उर्तान खोज्दै भन्छिन, “यहाँ कतिपय मान्छेहरु सकारत्मक सोचका पनि छन आफै मेहनत गरौ जीवनमा केही त गारौं भन्ने मानिसहरु पनि छन । तर, कतिपय मानिसहरु नेपालदेखि लागेको बानी वा देखेको, सुनेको कुरा, यहाँ पनि उर्तान खोज्छन । किन की नेपालमा आफ्नो श्रीमतिलाई पिट्यो भने प्रहरीले पक्राउ गर्छ, र्दुइचार घण्टापछि छोड्छ । उ फेरी घर आउछ कुनै एउटा निहुँ बनाए श्रीमति पिट्छ । उसलाई कुनै कानुन लाग्दैन । भोलि उसैलाई समाजले नेता मान्छ र उ नै महिला अधिकारको कुरा गर्छ । कतिपय मानिसहरु त्यसैकै फलोअप अस्ट्रेलियाको नेपाली समुदाय भित्र गरिहेका हुन सक्छन् । कतिपयले यहाँको कानुन नबुझेर महिला माथि हातपात गरेका हुन सक्छन् । यदी तपाई अस्ट्रेलियामा कुनैपनि महिला माथि कुटपिटमा उत्रनु भयो भने तपाई ठूलो कारवाहीको भागिदार बन्नुपर्छ । यहाँ आएपछि यही देशको कानुन पालना गर्नुहोस । अस्ट्रेलियामा रहेका युवापुस्ता यहाँको कानुन नबुझेर समस्या परेका छन् ।

यस्तो अवस्था आएमा के गर्ने ?

अस्ट्रेलियामा यदी तपाँईलाई प्रहरीले बाटोमा रोकेर कुनै कुरा सोध्यो र यस कुरामा तिमी सहमत छौं भन्यो भने कहिल्यौं छु भनेर प्रहरी कार्यालय नजानु होला । त्यस्तो अवस्थामा मेरो वकिलसँग कुरा गर्छु भन्नु होस । तपाँईलाई तत्काल प्रहरीले लैजान पाउदैन । त्यसपछि तपाँई वकिलको पारमर्शमा जुट्नुहोस जसले तपाईको मुद्धामा सहज बनाउछ । कतिपय अवस्थामा यहाँको कनुन नबुझदा समेत हामी पिडीत भईरहेका हुन्छौ ।