MENU

कोभिड-१९ बिरुद्बकाे भ्याक्सिनका लागि  अस्ट्रेलियाले ३.२ बिलियन डलर लगानी गर्दै 

सिड्नी  । अस्ट्रेलियाको सङ्घीय सरकारले  कोभिड -१९ बिरुद्बकाे भ्याक्सिन किन्नका लागि  थप दुई वटा  कम्मनीसंग सम्झौता गरेसँगै  १ सय ३४ मिलियन डोज भ्याक्सिन प्राप्त गर्ने  भएको छ ।

यस सम्झौतासँगै अस्ट्रेलियाले  कोभिड-१९ बिरुद्बकाे खोपका लागि ३ .२ बिलियन डलर लगानी गरेको छ ।  प्रधानमन्त्री स्कट मरिसनले बिहीबार घोषणा गरे अनुसार नोभा भ्याक्ससंग ४० मिलियन डोज तथा फिजर-वायोनटेकसंग १० मिलियन जोडको लागि सम्झौता भएको हो ।

यस अघि क्वीन्सल्याण्ड -सिएसएल र अक्फोर्ड-अस्ट्राजेनेका संगपनि खोपको लागि सम्झौता गरेको थियो ।  तर ती खोपहरु क्लिनिकल प्रयोग सफल भएपछि मात्र स्वीकृति प्राप्त गर्ने बताइएको छ ।

भ्याक्सिन अमेरिका र चेक रिपब्लिकमा बनेको हो र यो सन् २०२१ को सुरुवातमै आउने अपेक्षा गरिएको छ । साथै फिजर -वायोनटेक अमेरिका, बेल्जियम र जर्मनीमा निर्माण भइरहेको र यो खोप पनि आगामी वर्षको सुरुवातै आउने बताइएको छ ।